• शनिबार, ८ बैशाख, २०८१
  • ०३:१३:२२
  • नेपालीको अभिमत

खेल

क्रिकेट टोलीको मुख्य प्रशिक्षकको दरखास्त आह्वान, दरखास्त दिने मिति अक्टोबर ३१ सम्म 

नेपालमत

सोमबार, १ कार्तिक, २०७८

काठमाडौं–राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि दरखास्त खुला गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो ।

विश्वकप लिग २ पछि मुख्य प्रशिक्षक डेव ह्वाटमोरको राजीनामा दिएसँगै ८ महिनादेखि मुख्य प्रशिक्षकविहीन छ । क्यानले मुख्य प्रशिक्षकका लागि बिभिन्न मापदण्ड तयार गरेको छ । दरखास्त दिने मिति अक्टोबर ३१ सम्म रहेको छ ।

ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजपछि ह्वाटमोरले नेपाली टिम छाडेका हुन् । ६७ वर्षीय ह्वाटमोर खुल्ला प्रतिस्पर्धाबाटै मुख्य प्रशिक्षक नियुक्त हुनु भएको थियो । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved