• सोमबार, १ कार्तिक, २०७८
  • १२:४४:५५

नेपाली फुटबल टोलीलाई प्रधानमन्त्री र खेलकुदमन्त्रीको बधाई 

  • नेपालमत
  • बुधबार, २७ असोज, २०७८- २०:५३:००/ Wednesday 10-13-21

काठमाडौं- पहिलोपल्ट दक्षिण एसियाली फुटबल च्याम्पीयनशीप प्रतियोगिताको फाइनलमा पुगेको नेपाली टोलीलाई प्रधानमन्त्रीले शेरबहादुर देउवाले बधाई दिनु भएको छ ।

समूह चरणको अन्तिम खेलमा बुधबार बंगलादेशसंग १-१ गोलको बराबरीमा खेल्दै नेपाल पहिलोपल्ट साफ च्याम्पीयनशीपको फाइनलमा पुगेको हो ।

नेपाल फाइनलमा पुगेपछि प्रधानमन्त्री देउवाले ट्वीटमार्फत् बधाईं दिनु भएको हो ।

त्यसैगरी, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले फेसबुकमार्फत् विजयी टोलीलाई बधाई ज्ञापन गर्नु भएको छ ।

 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई nepalmatnews@gmail.com मा इमेल पठाउनु होला।