काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको महाअष्टमीका अवसरमा बुधबार काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गर्नुभएको छ ।
पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा राष्ट्रपति भण्डारीले बुधबार करिब दश मिनेट पूजाअर्चना गर्नुभएको हो ।
गत वर्ष कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण मन्दिरमा हुने आजापूजा रोकिएकोमा यसवर्ष खुला गरिएपछि राष्ट्रपति भण्डारी त्यहाँ पुग्नु भएको हो ।
राष्ट्रप्रमुखले बडादशैँको अवसरमा पलाञ्चोक भगवतीको दर्शन गर्ने परम्परा चलिआएको छ ।
हेलिकप्टरमार्फत पाँचखालस्थित नेपाली सेनाको शान्ति तालिम केन्द्रमा अवतरण गर्नुभएका राष्ट्रपतिलाई कडा सुरक्षाकासाथ करिब पाँच किलोमिटर दुरीमा अवस्थित मन्दिरसम्म पु¥याइएको थियो ।
करिब १७ सय वर्षअघि अर्थात् सम्वत् ४२५ मा मानदेव प्रथमको पालामा स्थापित पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवती दिदीबहिनीमध्ये पलाञ्चोक भगवती ठूली दिदी हुन् भन्ने लिच्छवीकालीन किंवदन्तीमा उल्लेख भएको पाइन्छ ।
यो मन्दिरमा विशेष गरी दशैँ, माघे–सङ्क्रान्ती र वैशाख पूर्णिमामा भक्तजनको घुइँचो हुने गर्दछ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तर्गत आइतबार ललितपुरको जाउलाखेलमा भोटो जात्रा मनाइएको छ ।मच्छिन्द्रनाथको रथ जाउलाखेल पुर्याइएको चौथो दिन आइतबार राष्ट्रपति...
कतारले डोनाल्ड ट्रम्पलाई लक्जरी बोइङ ७४७–८ जम्बो जेट उपहार स्वरूप दिने भएको छ। तर ट्रम्प प्रशासनको यो योजनाले अमेरिकी संविधानमा समस्या खडा गरिरहेको छ किनभने...
काठमाडौं, १५ बैशाख । सगरमाथा आरोहण सुरू भएको छ। विश्वको सबैभन्दा उच्च शिखर चुम्नका लागि सयौं पर्वतारोहीहरू अहिले धमाधम सगरमाथाको उच्च शिखरतर्फ लम्किरहेका छन् । यसैबिच, सो...
काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यको छड्के अनुगमन गरेका छन्। निरिक्षणका क्रममा ठेकेदार कम्पनीका प्रतिनिधिहरुले...
शितल निवासस्थित राष्ट्रपति निवासमा माघे संक्रान्ति मनाईएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायत शितल निवास पुगेका थिए। ...