काठमाडौं- नेपाल प्रहरीको लागूू औषध नियन्त्रण ब्यूूरोले थाङ्का र नेपाल हस्तकलाका सामग्रीमा लुुकाईछिपाई हङकङ लैजाने तयारी गरिरहेको अवस्थामा सात किलो ९ सय ७७ ग्राम चरेश र सो कार्यमा संलग्न ७ जनालाई पक्राउ गरेको छ ।
ब्यूूरोद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा लागू औषध चरेश ओसारपसारमा संलग्न भएको अभियोगमा पक्राउ परेका सात अभियुक्तलाई सार्वजनिक गरियो ।
ब्यूूरो र महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले ललितपुरको मानभवनस्थित ब्लुुस्टार कार्गोबाट हङकङ पठाउन लागेको अवस्थामा ९ थान थाङ्का र त्यसमा प्रयोग हुने काठको डण्डीभित्र लुकाई राखेको ३ किलो ५० ग्राम चरेशसहित मोरङ उर्लाबारी–८ का अन्जित थापालाई पक्राउ गरेको ब्यूूरो प्रमुख हृदयेश थापाले जानकारी दिनुुभयो ।
लागूूऔषध कारोबारी अन्जितलाई उक्त सामान दिने सिन्धुुपाल्चोक सुनकोशी–५ का सुजन श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले १ लाख नगदसमेत बरामद गरेको छ ।
अनुुसन्धानकै सिलसिलामा प्रहरीले काठमाडौँ महानगरपालिका–१४ बाट सुुजन श्रेष्ठलाई चरेश दिने सिन्धुुपाल्चोक लिशँखुु–५ का सागर भन्ने जालिन्द्र श्रेष्ठको डेराबाट थाङ्कामा प्रयोग हुने काठका ९६ थान लिस्टीभित्र लुुकाईछिपाई राखेको दुई किलो ४० ग्राम चरेस फेला पारेको थियो ।
पर्सा सखुवा पर्सोनी–१ घर भई काठमाडौँ बौद्ध नयाँबस्तीमा सिलाई बुुनाई काम गर्ने दिनदयाल महतो र दीपेन्द्र महतोलाई पनि थाङ्कामा प्रयोग हुने १ सय १३ थान लिस्टी र दुई किलो ८ सय ७५ ग्राम चरेससहित पक्राउ गरिएको छ ।
प्रहरीले मकवानपुुर–११ का रवि मोक्तानको कलङ्कीस्थित डेराबाट नौ ग्राम ५०० मिलिग्राम चरेश बरामद थियो ।
उक्त कारोबारमा संलग्न धाादिङ थोक्रे–३ का मोतीलाल तामाङ पनि दुई ग्राम ५सयमिलिग्राम चरेशसहित पक्राउ परेका हुन् ।
निजले धादिङलगायतका स्थानबाट चरेस सङ्कलन गरी कारोबारीलाई उपलब्ध गराउने गरेको ब्यूूरोका प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिनुुभयो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - होटलमा बोलाएर गोप्य तस्बिर र भिडियो खिच्ने अनि त्यसैलाई हतियार बनाएर लाखौं रुपैयाँ असुल्ने योजनामा संलग्न दुई युवतीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरीले...
काठमाडौं - अछामका दुई किशोरीको शंकास्पद मृत्यु घटनामा दुई जना किशोर पक्राउ परेका छन्।आइतबार प्रहरीले ढकारी गाउँपालिकाका दुई किशोरलाई अनुसन्धानको सिलसिलामा पक्राउ गरेको हो। अछामका प्रहरी नायब उपरीक्षक...
काठमाडौं - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। महरालाई कपिलवस्तुबाट पक्राउ गरि विमानबाट काठमाडौं ल्याएर केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को लाजिम्पाटस्थित कार्यालयमा पुर्याइएको छ...
काठमाडौं - काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरेर एक महिला फरार भएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं...
तुलसीपुर - दाङमा गोली हानेर महिला प्रहरीको हत्या गरिएको छ। घोराहीको दामोदर चोकमा डिउटीमा रहेका महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो। वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत...