काठमाडौंं- नइ प्रकाशनले नइ प्रकाशनको रजत महोत्सवका अवसरमा विभिन्न ५० जना स्रष्टालाई पुरस्कार एवं सम्मान प्रदान गरेको छ ।
नइ रजत महोत्सवका अवसरमा काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीले प्रा.डा.वासुदेव त्रिपाठीलाई ५ लाख रुपियाँ राशिसहित ‘महासमालोचक’को उपाधि र ‘नइ रजत महोत्सव पुरस्कार’ समर्पण गर्नुभयो ।
डा.त्रिपाठीलाई बहुआयामिक, समन्वयवादी र युगकै केन्द्रीय समालोचक उल्लेख गरेर उहाँकै उचाइको सप्तनाग जडित ताम्रपत्र र १ लाख रुपियाँ राशिको ‘नइ ईश्वर बराल पुरस्कार’ पनि प्रदान गरिएको थियो ।
‘नइ रजत महोत्सव पदक’ शताब्दी पुरूष जोशी, प्रा.डा.महादेव अवस्थी, प्राध्यापक केशव सुवेदी, प्रा.डा.लक्ष्मणप्रसाद गौतम लगायत ५० जनालाई प्रदान गरिएको नइ प्रकाशनले जनाएको छ ।
समारोहमा भारतीय नेपाली साहित्यकार दुर्गाप्रसाद श्रेष्ठलाई २ लाख रुपियाँ राशिसहित ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’,वरिष्ठ चिकित्सक डा. गौरीशङकर लालदासलाई १ लाख रुपियाँ राशिको‘नइ भावि पुरस्कार’, नेपालको राष्ट्रिय झण्डाका मानक निर्माता इन्जिनियर शङ्करनाथ रिमाललाई ‘नइ कीर्तिनिधि पुरस्कार’, अन्तर्राष्ट्रिय स्तरको अभिनयका लागि मनीषा कोइरालालाई ‘नइ भूपालदुर्गा पुरस्कार’प्रदान गरिएको थियो ।
जनचेतनाका लागि हास्यव्यङ्यका नायक मदनकृष्ण श्रेष्ठ तथा हरिवङ्श आचार्यलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’, विशिष्ट साहित्यकार झापाका चूडामणि रेग्मीलाई ‘नइ भाजप पुरस्कार’ प्रदान गरिएको थियो ।
त्यसैगरी, धर्म तथा संस्कृतिमा योगदान पु¥याउने प्रा.डा.सोमप्रसाद खतिवडालाई ‘नइ चन्द्रधन पुरस्कार’, विशिष्ट सङ्गीतकार प्रा.दीपक जङ्गमलाई ‘नइ कोइलीदेवी पुरस्कार’ र अमेरिकाका गीता खत्रीलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको थियो ।
त्यसैगरी ६० हजार रुपियाँ राशिका ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ र ‘नइ रेखा पुरस्कार’ साहित्यकार लक्ष्मीदेवी राजभण्डारीलाई र ५० हजार रुपियाँ राशिका ‘नइ बुलु शर्मा पुरस्कार’ रुपन्देहीका दुर्गा पौडेललाई, ‘नइ देरुनीख गौरव पुरस्कार’ साहित्यकार महेश थापालाई र ‘नइ रामलक्ष्मी पुरस्कार’ तेस्रो लिङ्गी सोफी सुनुवारलाई प्रदान गरिएको थियो ।
यसैगरी मिस मङ्गोल सिविरा लामालाई २५ हजार रुपियाँ राशिसहित ‘नइ देरुनीख पौरख पुरस्कार’ प्रदान गरिएको थियो ।
वाङ्मय शताब्दी पुरूष जोशीले ९ जना बालबालिकालाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ प्रदान गर्नुभयो ।
१० हजार रुपियाँ राशिसहित पुरस्कृत हुनेहरूमा विनम पोखरेल, कीर्ति पोखरेल, आयुष्मा तिवारी,सन्ध्या खत्री, प्रोशेष पाण्डे, सुश्री लुँस्वां मानन्धर थिए ।
साथै ७ हजार रुपियाँ राशिबाट पुरस्कृत हुने रेवती महर्जन तथा सुप्रिया विष्ट र ५ हजार राशिसहित कृति राई रहनु भएको छ ।
वाङ्मय शताब्दी पुरूष डा.सत्यमोहन जोशीले जनही १ लाख रुपियाँ राशिका पुरस्कारमध्ये सनातन हिन्दू दर्शन र धर्मसंस्कृतिको संरक्षण, संवर्धन र जागरणका लागि प्रा.डा.दीर्घराज घिमिरेलाई ‘नइ चन्द्रधन पुरस्कार’, सार्वभौमिक अखण्डता, राष्ट्रिय स्वाधिनता र स्वाभभिमानका लागि कमल थापालाई नइ कीर्तिनिधि पुरस्कार प्रदान गर्नुभयो ।
नेपाल टेलिभिजनको स्थापना, नेपाली चलचित्र, नाटक तथा श्रव्यदृश्यमूलक आम सञ्चारका क्षेत्रमा अग्रणी नीर शाहलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’, विशिष्ट चिकित्सक डा.मणिन्द्ररञ्जन बराललाई ‘नइ भावि पुरस्कार’, विशिष्ट चित्रकार शशीकला तिवारीलाई ‘नइ यउजा पुरस्कार’ र राजधानी बाहिर रहेर साहित्यको साधना गर्ने रुपन्देहीका जङ्गबहादुर शाहलाई ‘नइ धनरूप पुरस्कार’ प्रदान गर्नुभयो ।
भाषा साहित्यमार्फत नेपाली राष्ट्रिय एकतामा जोड दिने प्रा.डा.राजेन्द्र विमल ‘नइ भूपालदुर्गा पुरस्कार’, साहित्यको सिर्जना र वाङमय संस्थाको निर्माण, विश्व कविता यात्रामार्फत नेपाली भाषाको गौरव वृद्धिका लागि वसन्तकुमार चौधरी ‘नइ ईश्वरवल्लभ पुरस्कार’ र म्युजिक नेपालको स्थापना गरी नेपाली गीतसङ्गीतको संरक्षण सम्बर्धन र सम्प्रसारका निम्ति सन्तोष शर्मा ‘नइ भाजप पुरस्कार’बाट सम्मानित हुनुभएको छ ।
त्यसैगरी ६० हजार रुपियाँ राशिको ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’बाट साहित्यकार घनश्याम राजकर्णिकार र जनही ५० हजार रुपियाँ राशिका ‘नइ बुलु शर्मा पुरस्कार’बाट राजधानीबाहिर बसेर भाषासाहित्यको श्रीवृद्धिका लागि समर्पित झापाकी भवानी क्षत्रीलाई ‘नइ बुलु शर्मा पुरस्कार’ र हिन्दूधर्म, संस्कृति र समाजसेवामा समर्पित भागवत मञ्जरी राधिका दासीलाई ‘नइ देरुनीख पौरख पुरस्कार’ समर्पण गरिएको छ ।
२५ हजार रुपियाँ राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’बाट साहित्यकार युवराज अधिकारी ‘स्मरण’लाई पुरस्कृत गरिएको छ ।
शताब्दी पुरूष जोशीले ९ जना बालबालिकालाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्नुभयो ।
१० हजार रुपियाँ राशिसहित पुरस्कृत हुनेहरूमा सोइना दाहाल, सुविन रिमाल, देभान्स अग्रवाल, सफलता श्रेष्ठ, अदिति उपाध्याय र ऋषान्त घिमिरे थिए भने ७ हजार रुपियाँको ‘नइ देरुनीखपू कोपिला पुरस्कार’बाट समीर डङ्गोल र सुश्री युकी कुँवर पुरस्कृत भए । साथै ५हजार रुपियाँ राशिको ‘नइ देरुनीखपू चिचिला पुरस्कार’बाट पाँच वर्षीय दृश्ना महर्जन सम्मानित भएकी थिइन् ।
शताब्दी पुरूष जोशीले नइ प्रकाशनबाट यस वर्ष प्रकाशित १६ वटा कृतिको पनि लोकार्पण गर्नुभयो ।
इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित समारोहमा नइ प्रकाशनले कोरोना महामारीका कारण २०७६ र २०७७ सालमा प्रदान गर्न नसकेका पुरस्कार शनिबार प्रदान गरेको हो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - चलचित्र विकास बोर्डले धेरै कमाउने २५ नेपाली फिल्मका निर्मातालाई सम्मान गरेको छ। बाेर्डले स्थापनाकाे २५ वर्षमा देशभित्र धेरै कमाउने फिल्मका निर्माताहरूलाई बिशेष कार्यक्रम गरी सम्मान गरेको हो। स्थापनाको...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को छैठौं च्याप्टर सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । तीन दिनसम्म चलेको सम्मेलनको पहिलो दिनमा उद्घाटन सत्र राखिएको...
सुमधुर नयाँ गीत ‘तारा जुनैले’ सार्वजनिक भएको छ । प्रेम, आशा र वियोगको त्रिकोणात्मक भाव बोकेको यो गीतमा गायक ईश्वर सिंह र गायिका रितु कँडेलको...
काठमाडौं - सङ्गीतकार संघ नेपालको १३औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । चेतन सापकोटाको नेतृत्वमा रहेको संघको कार्यसमितिलाई...
संसारको सबैभन्दा महँगो शो कुन हो र यसलाई बनाउन कति पैसा खर्च भयो वा हुनेछ भन्ने अनुमान लगाउन सक्नुहुन्छ ? यदि तपाईं २००–४०० करोड सोच्दै हुनुहुन्छ...