बैतडीको एक पालिका (साविकको गाविस)मा २०७३ सालमा धुमधामका साथ खुला दिसामुक्त क्षेत्र घोषणा भयो । दिनभर सरसफाइका विषयमा चर्को भाषण गरियो । छलिया, नृत्य, गीत लगायत चेतनामूलक कार्यक्रमहरू प्रस्तुत भए । यससँगै खुला दिसामुक्त कार्यक्रम सकियो ।
कार्यक्रम सकिएपछि गुणराज श्रेष्ठसहितको टोली गाउँबाट फर्कंदै थियो । करिब १० मिनेट जति हिंडेपछि बाटोमा बाँसघारी आयो । बाँस घारीमा त पूरै दिसा नै दिसा थियो । पाइलो टेक्ने समेत ठाउँ नभएपछि श्रेष्ठ फेरि गाउँ फर्किनुभयो । कार्यक्रम सकिइसकेकोले सहभागीहरू तितर–बितर भइसकेका थिए ।
श्रेष्ठ फर्कनुभएको देखेपछि बाँकी भएकाहरू रोकिए । श्रेष्ठले बाँस घारीको दिसाको कुरा गर्नुभयो । गाउँलेहरूले कोही गोठाला वा लुकेर कसैले गरेको होला भन्ने कुरा गरे । तर, त्यही वेला एकजना महिलाले भन्नुभयो, “शौचलाय त एक घरमा एक बन्यो । तर, महिनावारी हुँदा हामीले प्रयोग गर्न मिल्दैन । यस्तो वेला बाँसघारी, खोलातिर नगएर कता जानु ?”
सबै ठाउँमा महिनावारीबारे बुझ्दै जाँदा सुदूर र कर्णाली प्रदेशमा विभेद बढी देखियो । महिनावारी पनि सरसफाइसँगै जोडिएको विषय भएकाले अब यो विषयमा कसरी के गर्न सकिन्छ भन्नेबारे श्रेष्ठलाई चासो जाग्यो । उहाँले महिनावारीका क्षेत्रमा काम गर्ने कुन–कुन संघ–संस्था छन् र कसरी काम गरिरहेका छन् भन्नेबारे बुझ्न थाल्नुभयो ।
यो कुरा सुनिसकेपछि श्रेष्ठ झस्कनुभयो । उहाँले यो विषयमा ती महिलासँग कुरा गर्नुभयो । कुरा गर्दै जाँदा थाहा भयो, बैतडीमा महिनावारी भएको वेला शौचालय प्रयोग गर्न मिल्दैन । यो थाहा पाएर गुणराज अचम्ममा पर्नुभयो । लामो समयदेखि वातावरण र सरसफाइको क्षेत्रमा काम गर्दै आउनुभएका श्रेष्ठको घर पूर्वको संखुवासभा हो । गुणराजले महिनावारी हुँदा एउटै शौचालय समेत प्रयोग गर्न नमिल्ने देख्नु त परैको कुरा सुन्नु समेत भएको थिएन ।
“महिनावारी हुँदा अलग बस्ने थाहा थियो तर शौचालय नै प्रयोग गर्न पाइँदैन भन्ने कुरा अचम्म लाग्यो,” गुणराजले भन्नुभयो ।
गुणराजलाई यो कुरा सुन्दा खुला दिसामुक्त भन्दा आवश्यक महिनावारी स्वच्छताको कुरा लाग्यो । मनभरि प्रश्न र अचम्मित हुँदै उहाँ काठमाडौं फर्किनुभयो । यो कुरा आजभन्दा करिब ६ वर्ष अघिको हो । नेपालमा खुला दिसामुक्त अभियान सञ्चालन भइरहेको वेला गुणराज नेपालका ७५ जिल्लामा पुग्नुभएको थियो ।
त्यसपछि जहाँ जहाँ पुग्नुभयो, महिनावारीका कुरा गर्न थाल्नुभयो । यो विषयमा धेरै महिला, सरोकारवालाका कुरा सुन्नुभयो । महिनावारीसँग जोडिएका गलत परम्पराबारे थाहा पाउनुभयो । “महिनावारीबारे बुझ्दा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा धार्मिक, सांस्कृतिकसँगै सामाजिक दबाब बढी भएको पाएँ भने शहर बजारमा धार्मिक दबाब बढी पाएको भेट्टाएँ,” श्रेष्ठले भन्नुभयो । श्रेष्ठका अनुसार पूर्व–पश्चिम जताततै महिनावारी हुँदा बार्ने चलन भने सबै ठाउँ पाइन्छ ।
सबै ठाउँमा महिनावारीबारे बुझ्दै जाँदा सुदूर र कर्णाली प्रदेशमा विभेद बढी देखियो । महिनावारी पनि सरसफाइसँगै जोडिएको विषय भएकाले अब यो विषयमा कसरी के गर्न सकिन्छ भन्नेबारे श्रेष्ठलाई चासो जाग्यो । उहाँले महिनावारीका क्षेत्रमा काम गर्ने कुन–कुन संघ–संस्था छन् र कसरी काम गरिरहेका छन् भन्नेबारे बुझ्न थाल्नुभयो ।
नीति बनिसकेपछि अब पाँच मन्त्रालयमध्ये कुन मन्त्रालयले के विषयमा काम गर्ने भन्ने रणनीति बन्यो । यति भइसकेपछि सञ्जालको दबाबमा सरकारले देशभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने घोषणा गर्यो भने शिक्षा मन्त्रालयले पाठ्यक्रममा महिनावारीको विषयलाई समावेश गरेको छ ।
यो विषयमा बुझदै जाँदा धेरै संघ–संस्थाले काम गरिरहेको भेटियो । श्रेष्ठले भन्नुभयो, “कसैले विद्यालयमा, कसैले सरसफाइको क्षेत्रमा फरक–फरक ठाउँमा काम गरिरहेका रहेछन् ।”
त्यसपछि उहाँको मनमा आयो– यो क्षेत्रमा काम गर्ने संस्थाहरूसँग छलफल गरेर एउटा सञ्जाल बनाउने । गुणराजले महिनावारीका क्षेत्रमा काम गरिरहेका संघ–संस्थासँग छलफल र समन्वय गर्नुभयो । अनि, सन् २०१७ मा विभिन्न जिल्लामा महिनावारीका क्षेत्रमा काम गर्दै आएका संघसंस्था मिलेर राष्ट्रिय महिनावारी स्वच्छता सञ्जाल गठन भयो । गुणराज यसको संयाेजक हुनुहुन्छ ।
सञ्जाल गठन भइसकेपछि अब के गर्ने भन्ने विषयमा बहस भयो । गैरसरकारी संघसंस्था आबद्ध यो सञ्जालमा कसरी सरकारी संस्था समेट्ने भन्नेबारे छलफल हुन थाल्यो । महिनावारी स्वच्छताको कुरामा खानेपानी तथा सरसफाइ मन्त्रालय, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र कानून मन्त्रालय गरी पाँच मन्त्रालयसँग छलफल गर्नुपर्ने देखियो ।
त्यतिवेलासम्म महिनावारीका विषयमा कुनै नीति नियम बनेको थिएन । सञ्जालले विभिन्न मन्त्रालयसँग छलफल गरी आवश्यक नीति बनाएर महिनावारीका विषयमा काम गर्नुपर्ने भन्दै दबाब दियो । त्यसपछि पाँच मन्त्रालयका सचिवको नेतृत्वमा ‘राष्ट्रिय मर्यादित महिनावारी राष्ट्रिय नीति’ तय भयो ।
नीति बनिसकेपछि अब पाँच मन्त्रालयमध्ये कुन मन्त्रालयले के विषयमा काम गर्ने भन्ने रणनीति बन्यो । यति भइसकेपछि सञ्जालको दबाबमा सरकारले देशभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने घोषणा गर्यो भने शिक्षा मन्त्रालयले पाठ्यक्रममा महिनावारीको विषयलाई समावेश गरेको छ । सरकारलाई नीति बनाउन र कार्यान्वयन गर्न सञ्जालले सहजीकरण गरेको बताउँदै गुणराज भन्नुहुन्छ, “यो विषयमा अझै धेरै कुरा गर्न बाँकी छ । यसका लागि पनि हामी आवाज उठाइरहेका छौं ।”
“शौचालयत एक घरमा एक बन्यो । तर, महिनावारी हुँदा हामीले प्रयोग गर्न मिल्दैन । यस्तो वेला बाँसघारी, खोलातिर नगएर कता जानु ?”
– स्थानीय महिला
महिनावारीलाई घिन, पापको रूपमा लिइन्छ । तर, यो प्राकृतिक नियम हो । महिला मात्र होइन अरू प्राणीमा पनि यो प्रक्रिया हुन्छ । महिनावारी हुनु भनेको महिला सन्तान उत्पादनको लागि सक्षम हुनु हो । यो मानव विकासको लागि आवश्यक पनि हो । तर हाम्रो समाजमा महिनावारी हुँदा केही छुन हुँदैन भन्ने रुढिवादी मान्यता छ ।
अहिले यो सञ्जालमा सरकारी तथा गैरसरकारी संघ संस्था, एमबीसी लगायत एक सय भन्दा बढी संघसंस्था आबद्ध छन् । महिनावारी स्वच्छताबारे जनतालाई सचेत गराउन हामीले सरकारलाई प्रभावकारी दबाब दिने काम हो । यही अनुसार सरकारले पनि काम गरिरहेको छ । उहाँले भन्नुभयो । सरकारले अहिले मर्यादित महिनावारी स्वच्छता दिवस पनि मनाउँदै आएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - नेपाल प्रहरीका पूर्व नायब उपरीक्षक (डिएसपी) गोविन्द पन्थी भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी, कागज किर्तीलगायतका गम्भीर अपराधको अनुसन्धानमा संलग्न हुँदा धम्की, राजनीतिक दबाब...
अहिले चट्याङको सिजन छ। दिनहुँ धनजनको क्षति भएको समाचार आइरहेका छन्। सप्तरीमा शनिबार बिहान चट्याङ लागेर सात वर्षीया बालिकाको ज्यान गएको छ, अर्का सात वर्षीय बालक...
कालिकोट - कर्णाली नदीको पारि, विकट र कच्ची सडकहरूलाई चिर्दै एउटा ट्याक्टर आइतबार राति आफ्नो गन्तव्यतर्फ अघि बढिरहेको थियो। पलाँता गाउँपालिका-९ को थिर्पुबाट निस्केको त्यो सानो सवारी...
अप्रिल १५, २०२५ को सिएनएनको अनलाइन पोर्टलको समाचरमा ‘भारत र पाकिस्तानमा बढेको चरम गर्मीको लहरले तापक्रम डेथ भ्याली स्तरमा पुग्ने छ’ भन्ने प्रसंग छ। यस...
तपाईंले ओलम्पिक, क्रिकेट, फुटबल, दौड देख्नुभएको होला तर के तपाईंले कहिल्यै ‘स्पर्म रेस’ सुन्नुभएको छ ? र त्यो पनि स्टेडियममा हजारौं मानिसहरूको अगाडि लाइभ कमेन्टरी सहित...