बडादशैंलाई हिन्दूहरूको दशैं भनिन्छ । तर, यो हिन्दू धर्मावलम्बीको मात्र नभई नेपालीहरूको दशैं हो । नेपालभित्र बस्ने प्रायः सबैले दशैं मनाउँछन् ।
नेपालमा ४ पटक दशैं मनाइन्छ । चैतमा चैते दशैं, पुसमा र असारमा पनि दशैं मनाइन्छ भने असोजमा मनाइने दशैं बडादशैं हो । अन्य वेलामा मनाइने दशैं हिन्दू नै भए पनि नेवारहरूले मान्दैनन् । शरद ऋतुको आश्विन शुक्ल पक्षमा मनाइने बडादशैं भने सबै नेपालीले मनाउँछन् ।
यो दशैं आश्विन शुक्ल पक्षको प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म मनाइने भएकोले बडादशैं भनिएको हो । आजकल भनिने ‘विजयादशमी’ आयातीत शब्द हो । यो शब्द भारतबाट आएको हो ।
विजयादशमी भनेको एक दिन मात्रै हो । भारतमा रामले रावणलाई मारेको विजयी उत्सवमा दशैं नभएर रामलीला मनाउँछन् । तर, हाम्रो नेपालमा दशैंमा दुर्गा भवानीको पूजा–आराधना गरी मनाउने भएकोले हामीले दशैं मनाउँछौं । दशैंमा महाकाली, महालक्ष्मी, महापार्वतीको पूजा हुन्छ । दशमीको दिन बिसर्जन हुन्छ ।
हिन्दूको मात्र होइन दशैं
दशैंलाई पञ्चायत कालमा हिन्दूहरूको एक मात्र महान् चाड भनिन्थ्यो । किनकि त्यतिखेर नेपाल हिन्दू राज्य थियो । हिन्दू राज्यमा हिन्दूहरूकै बढी प्रचारप्रसार हुन्छ र हुनुपर्छ भन्ने थियो । अहिले दशैंलाई नेपालीहरूको महान् चाड भन्ने गरेको सुनिन्छ । नेपालमा बसोबास गर्ने राई, लिम्बू, गुरुङ, मगरहरूले पनि दशैं मनाउँछन् । त्यसैले पनि दशैं हिन्दूहरूको मात्रै होइन नेपालीहरूको चाड हो।
दशैंमा पिङ खेलिन्छ । पिङ खेल्दा शरीरमा कुँजिएका नसा र मांसपेशीहरू क्रियाशील हुन्छन् । मुटुको गति बढ्छ । यसमा पनि आफैंले मच्चाएर पिङ खेल्दा झनै फाइदा हुन्छ । खुम्चिएका नसाहरू, कुँजिएका ग्रन्थीहरू पिङ खेलेपछि तानिन्छन् र शरीरको लागि राम्रो हुन्छ ।
नेपालका प्रमुख शक्तिपीठहरूमा बज्रयानीतन्त्र अनुसार पूजा हुन्छ । बज्रचार्यहरू हिन्दू होइनन् । राई, मगर, गुरुङ पनि हिन्दू होइनन् तर संस्कार मान्ने गर्छन् । धेरैजसो शक्तिपीठहरूमा थारु, मगर, गुरुङ नै पुजारी छन् । त्यसैले दशैं हिन्दूहरूको मात्र नभई नेपालीहरूकै महान् चाड हो ।
सांस्कृतिक पक्ष
दशैं समाज र संस्कृतिसँग जोडिएको छ । संस्कृतिअनुसार घटस्थापनाका दिन जमरा राख्ने, फुलपातीको दिन दुर्गा स्थापना गर्ने गरिन्छ । दुर्गा स्थापना भनेको पहिलेका खुणा, खुकुरी, तरबार ल्याएर सिंगारेर स्थापना गर्ने, फुलपाती भित्र्याउने, त्यसपछि महाअष्टमीका दिन महानवमीको दिनमा पुराना हतियारमा दुर्गा जगाउने, खाँडो जगाउने र दशमीको दिनमा देवी बिसर्जन गर्दै रातो टिका र पहेंलो जमरा लगाउने चलन छ ।
सामाजिक पक्ष
दशैंको सामाजिक पक्ष भनेको मावली जाने, ससुराली जाने, मान्यजनहरू कहाँ गएर टीका थाप्ने विदेश गएकाहरू घर आउने, सबैसँग भेटघाट हुने हो । यो वेला सुखदुःख साटासाट हुन्छ । एकैछिन रमाइलो हुन्छ । यस्ता सामाजिक र सांस्कृतिक पक्षले दशैंलाई झनै महान् बनाएको छ ।
मासुभात खाने पर्व
दशैंलाई मासुभात खाने पर्व पनि भनिन्छ । यसको पनि आफ्नै पहिचान छ । किनभने मान्छे वर्षाभरि पानीमा भिजेको हुन्छ । हिलोमा चोपलिएको हुन्छ । शरीरले पनि धेरै कसरत गरेको हुन्छ । कतिका मांसपेशीहरू कुँजिएका हुन्छन्, नसा कुँजिएको हुन्छ । यो समयमा धान, कोदो रोपी गोडमेल गरी आराम गर्ने समय मिल्ने भएकोले खुशी हुँदै मासु र भात खाइन्छ ।
अझै; गुरुङहरूको त हिमालमा नुहाएर आएको भेडाको मासु खाने चलन छ । उच्च हिमाली क्षेत्रमा भेडीगोठ हुन्छ । त्यहाँको भेडाले यार्सा लगायत जडबुटी चरेको हुन्छ । भेडाको मासु खाए त्यो यार्साको रस मान्छेको शरीरमा जाने भएकोले भेडाको मासु खाने गरिन्छ । मासु र भात खाएपछि लिङ्गे पिङ खेल्नुपर्छ । यसको अर्के वैज्ञानिक भनाइ छ ।
पिङ खेल्नुको फाइदा
दशैंमा पिङ खेलिन्छ । पिङ खेल्दा शरीरमा कुँजिएका नसा र मांसपेशीहरू क्रियाशील हुन्छन् । मुटुको गति बढ्छ । यसमा पनि आफैंले मच्चाएर पिङ खेल्दा झनै फाइदा हुन्छ । खुम्चिएका नसाहरू, कुँजिएका ग्रन्थीहरू पिङ खेलेपछि तानिन्छन् र शरीरको लागि राम्रो हुन्छ ।
दशैंलाई मासुभात खाने पर्व पनि भनिन्छ । यसको पनि आफ्नै पहिचान छ । किनभने मान्छे वर्षाभरि पानीमा भिजेको हुन्छ । हिलोमा चोपलिएको हुन्छ । शरीरले पनि धेरै कसरत गरेको हुन्छ । कतिका मांसपेशीहरू कुँजिएका हुन्छन्, नसा कुँजिएको हुन्छ । यो समयमा धान, कोदो रोपी गोडमेल गरी आराम गर्ने समय मिल्ने भएकोले खुशी हुँदै मासु र भात खाइन्छ ।
विकृति
मुख्य कुरा त हरेक चाडबाड विधिपूर्वक हुनै छोडे । यसलाई विकृति भन्ने कि के भन्ने ? अर्को कुरा; अहिले गाउँमा मान्छे नै छैनन् । सबै शहर–बजार गए । कहाँ जमरा राख्ने, कहाँ बोकाको बलि दिने, कहाँ के गर्ने ! यस्तो समस्या हुन्छ । राख्नेहरूले त राख्छन् जमरा तर विधिअनुसारको हुँदैन । अहिले विधिविधान केही छैन । दशैं मान्नुपर्छ भन्यो, तास खेल्यो, रक्सी खायो बस्यो । दशैं मनाउने यसरी होइन ।
९ दिनसम्म दमाहा बज्नुपर्छ । म सानैमा हुँदाको दशैं र अहिले मेरो छोराहरूले मनाउने दशैंमा फरक छ । पहिले गाउँमा बाहुन–क्षेत्रीहरू लम्बरी भजन गाउँथे रातभरि तर, अहिले यो चलन हराएको छ ।
बलि हिंसा हो ?
पछिल्लो समय राँगा, बोकाको बलि चढाउन हुँदैन भन्ने कुरा पनि उठिरहेको छ ।
एक किसिमले हेर्ने हो भने हो पनि तर कुरा आउँछ मान्छेले मासु खाने कि नखाने भन्ने । मासु खाने हो भने बलि पनि दिनुपर्यो । मासु नखाने हो भने नदिए पनि हुन्छ । यो वेला पूजामा मात्रै होइन अरू ठाउँमा पनि बध गर्नुभएन ।
अहिले धेरैले बलि दिन, मासु खान पनि छोडे । तर दशैंमा काटिने राँगा, बोका, कुखुरा, हाँस, भेडा, च्याङ्ग्रा भगवानको रूपमा अर्पण गर्ने मासु प्रसादको रूपमा खाने हो ।
(इन्द्रसरा खड्कासँगको कुराकानीमा आधारित)
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
नेपाल सरकारले ‘हिमाल, मानव र जलवायु परिवर्तन’ विषयमा आयोजना गर्ने अन्तर्राष्ट्रिय संवादको तयारी सुरु गरेको छ। आगामी जेठ ९ र १० गते काठमाडौँमा सम्बन्धित विषयका...
बारा - मधेशको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट मधेश प्रदेशका स–साना बिरुवा नष्ट हुन थालेका छन् भने पूर्वपश्चिम राजमार्गमा समेत डढेलोका कारण यत्रा...
वन डढेलोसँगै वायु प्रदूषण बढेको छ। डढेलोका कारण काठमाडौँ र पोखरालगायतका देशका मुख्य सहरमा वायु प्रदूषण उच्च मापन गरिएको छ। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार २६ चैतमा...
काठमाडौं - समाजमा दिनानुदिन वालवालिकाहरुमा अटिजम हुनेको संख्या बढिरहेको छ । अटिजम वालवालिकाको जन्मजात नै एउटा बिशिष्ट अवस्था हो र यो कुनै रोग होइन ।...
मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य स्वच्छताका बारेमा उपभोक्ताले आफूले खानेकुराको स्तर (लेबल) हेर्न अति आवश्यक हुने स्वास्थ्य विज्ञ बताउँछन्। लेबल ख्याल नगरी कतिपय उपभोक्ताले...