• सोमबार, १ कार्तिक, २०७८
  • १२:३०:२१

नक्कली नोट कारोबारको आरोपमा धनकुटामा ६ जना पक्राउ 

  • नेपालमत
  • बिहीबार, २१ असोज, २०७८- १६:०३:००/ Thursday 10-07-21

धनकुटा- नक्कली नोटको कारोबार गरेको आरोपमा धनकुटामा ६ जना पक्राउ परेका छन्  ।

प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी नक्कली नोटको कारोबार गर्ने गिरोहमा सक्रिय  रहेको भनी ६ जनालाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा नगरपालिका– १ का सोनाम तामाङ, ताप्लेजुङको पाथिभरा याङवरक– ४ घर भै धनकुटा हिले बस्ने छेतेन तामाङ, धनकुटा  महालक्ष्मी नगरपालिका वडा नं ८ का सुमन खड्का, महालक्ष्मी नगरपालिका– ९ का तुलसी तामाङ र विकास तामाङ रहेका छन् ।

उनीहरुबाट ठूलो परिमाणको नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ । 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई nepalmatnews@gmail.com मा इमेल पठाउनु होला।