स्याङ्जा–मोटरसाइकल चोरीको आरोपमा स्याङ्जामा चारजना पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
विभिन्न मितिमा सात मोटरसाइकल र दुईवटा स्कुटर चोरी गर्ने कार्यमा संलग्न रुपन्देहीका बुटवल उपमहानगरपालिका–१२ बस्ने ३४ वर्षीय विष्णुबहादुर नेपाली, सोही स्थानका २८ वर्षीय प्रकाश सुन्धौली, स्याङ्जाको भिरकोट नगरपालिका–२ बस्ने २० वर्षीय विप्लव श्रेष्ठ र सोही स्थानका २० वर्षीय ज्ञानबहादुर गुरुङ रहेका छन् ।
पक्राउ परेकाहरुलाई चोरी मुद्दा दर्ता गरी स्याङ्जा जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - होटलमा बोलाएर गोप्य तस्बिर र भिडियो खिच्ने अनि त्यसैलाई हतियार बनाएर लाखौं रुपैयाँ असुल्ने योजनामा संलग्न दुई युवतीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरीले...
काठमाडौं - अछामका दुई किशोरीको शंकास्पद मृत्यु घटनामा दुई जना किशोर पक्राउ परेका छन्।आइतबार प्रहरीले ढकारी गाउँपालिकाका दुई किशोरलाई अनुसन्धानको सिलसिलामा पक्राउ गरेको हो। अछामका प्रहरी नायब उपरीक्षक...
काठमाडौं - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। महरालाई कपिलवस्तुबाट पक्राउ गरि विमानबाट काठमाडौं ल्याएर केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को लाजिम्पाटस्थित कार्यालयमा पुर्याइएको छ...
काठमाडौं - काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरेर एक महिला फरार भएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं...
तुलसीपुर - दाङमा गोली हानेर महिला प्रहरीको हत्या गरिएको छ। घोराहीको दामोदर चोकमा डिउटीमा रहेका महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो। वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत...