• सोमबार, १ कार्तिक, २०७८
  • ०२:०२:२४

खुकुरी प्रहार गरी एक मजदूरको हत्या

  • नेपालमत
  • सोमबार, १८ असोज, २०७८- १३:०३:००/ Monday 10-04-21

रुपन्देही–रुपन्देहीको शुद्धोधन गाउँपालिकामा खुकुरी प्रहार गरी एकजना मजदूरको हत्या गरिएको छ । उक्त घटनामा अर्का एक जना घाइते भएका छन् । 

वडा नं ३ बेतानीमा रहेको स–मिलमा काम गर्दै आएका पश्चिम नवलपरासीस्थित सुस्ताका अवधेश चमारको खुकुरी प्रहारबाट मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनुभयो ।

गएराति ११ बजे सोही उद्योगमा कार्यरत भारतीय मजदूर रवि सिंहले खुकुरी प्रहार गरी गम्भीर घाइते भएका अवधेशलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी प्रवक्ता थापाले बताउनुभयो । 

सिंहले खुकुरी प्रहार गरी घाइते बनाएका अवधेशका पिता गोपिचन्दको भने अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सिंहलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई nepalmatnews@gmail.com मा इमेल पठाउनु होला।