• शनिबार, १५ बैशाख, २०८१
  • १०:५७:०८
  • नेपालीको अभिमत

बाहिरको नेपाल

‘एनआरएन द सिङ्गर’ प्रसारण गरिने

नेपालमत

शनिबार, २ असोज, २०७८

काठमाडाैं–गैरआवासीय नेपाली सङ्घले उत्पादन गर्न लागेको साङ्गीतिक कार्यक्रम ‘एनआरएन द सिङ्गर’ लाई कान्तिपुर टेलिभिजनले प्रसारण गर्ने भएको छ । दुवै पक्षबीच उक्त ‘शो’ प्रसारण गर्न सम्झौता गरिएको छ ।

कार्यक्रम आगामी नोभेम्बरदेखि हरेक शुक्रबार राति ९ः०० देखि १०ः०० बजेसम्म प्रसारण गरिने सम्झौतामा उल्लेख छ । आयोजकका अनुसार यो प्रतियोगिताको फाइनल कार्यक्रम काठमाडौँमै हुनेछ र त्यसको प्रत्यक्ष प्रसारण पनि कान्तिपुर टेलिभिजनबाटै हुनेछ ।

एनआरएनए आइसीसीअन्तर्गत संस्कृति तथा सम्पदा उपसमितिले डायस्पोराका नेपालीभाषी अग्रज र अनुजका स्वर प्रतिभाको पहिचान गर्ने उद्देश्यले टेलिभिजन रियालिटी शो ‘एनआरएन द सिङ्गर’ सुरू गरेको हो ।

संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतमले ‘प्रि अडिसन’ तयारी लगभग सकिएको बताउनुभयो । गत जुन २७ देखि ‘प्रि अडिसन’ खुला गरिएको थियो । कोरोना महामारीका कारण ‘भर्चुअल अडिसन’ पठाउन आग्रह गरिएको एनआरएनए आइसीसीको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका संयोजक हिक्मत थापाले बताउनुभयो ।

दक्षिण एशियाबाहेक विश्वभर छरिएर रहेका सबै नेपाली भाषीले यो प्रतियोगितामा भाग लिन पाउनेछन् । ‘खोजी ः एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ नारा दिइएको यो प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछाने रहनुभएको छ । रासस 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    अस्ट्रेलियामा फैलदै नेपाली व्यवसायीको 'डोको'

    अस्ट्रेलियामा नेपाली समाज बढे सँगै व्यवसायिक क्षेत्रमा पनि नेपालीहरुको प्रभाव चुलिन थालेको छ । कुनै जमाना थियो जतिबेला, अस्ट्रेलियामा नेपालीले नेपालीलाई भेट्न गाह्रो हुन्थ्यो ।  तर,...

  • नेपालमत

    इन्डोनेशिया जाँदा स्टिकर भिषा अनिवार्य

    काठमाडौं - नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य गरेको छ । इन्डोनेसिया तथा नेपालका विभिन्न एजेन्सी मार्फत ई–भिषा प्रोसेस गर्दा चुनौती...

  • नेपालमत

    वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु

    नवलपरासी- बर्दघाट सुस्तापूर्व नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका उनीहरुले ज्यान...

  • नेपालमत

    पोर्चुगलमा सुतेकै ठाँउमा मृत भेटीए गणेशमान

    काठमाडौं- वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ । बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै...

  • नेपालमत

    आइएफआरसीको महासचिवमा पुनः चापागाईं

    काठमाडौं- रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईं दोस्रो कार्यकालका लागि पुनः चयन हुनुभएको छ ।...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved