• शुक्रबार, १४ बैशाख, २०८१
  • १६:४२:०६
  • नेपालीको अभिमत

अनौठो

अमेरिकामा लोटरीबाट एक व्यक्ति बने करोडपति

नेपालमत

आइतबार, १३ भदौ, २०७८

एजेन्सी–लोटरी टिकट कुनै जुवाभन्दा कम हुँदैन् । यदि भाग्य राम्रो छ, भने तपाँइको जीवननै परिर्वतन हुन्छ । यस्तै अमेरिकामा ३० वर्षदेखि एउटै नम्वरको लोटरी भरेर एक व्यक्ति करोडपति भएका छन् ।

अमेरिकाको मिचिगन राज्यमा बस्ने उमेरले ६१ वर्षे ति व्यक्तीले लोटरीमा‍ ज्याकपट जितेका  हुन् । तर, अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार जित्ने व्यक्तिको नाम र फाेटाे सार्वजनिक गरिएकाे छैन् ।

राेचक प्रस‌ंग यस्ताे छ, दैनिक लोटरीका टिकट खुल्छ । कसै न कसैले जित्छ । तर यी व्यक्तिको कथा धेरै फरक छ । उनले सन् १९९१ यता लगातार एकै सेटको टिकट किनिरहेका थिए ।  अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार त्यही कारण यो विषय सामाजिक सञ्जालमा भाइरल भएकाे छ । 

केही मानिसहरू आफ्नो जिद्दीमा पक्का हुन्छन् । जिद्दी भएर उनीहरू लगातार एउटै काम गरिरहन्छन् । उनले पनि त्यसै गरेका हुन भन्दा फरक पर्दैन् । यद्यपि, लोटरी टिकटमा कोही पनि व्यक्ति आफ्नो जित सुनिश्चित गर्न सक्दैन् । उनले लोटरी टिकटको एउटै सेट सन् १९९१ देखि २०२१ सम्म किनिरहँदा कहिलेपनि दिक्क मानेका थिएनन् ।

३० वर्षसम्म दिक्क नमानेका उनी अन्तिममा ज्याकपट विजेता बनेर कराेडपति भए । उनले १ करोड ८० लाख ४१ हजार डलर नगद हात पारेका छन् । उनले जितेको रकम केही हिस्सा आफ्नो परिवारलाई दिने र बाँकी रकम बचत गर्ने पनि बताएका छन् । 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved