काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारमा सामेल गरिएका मन्त्री चयनमा कमजोरी भएको स्वीकार गर्दै समयमैं पाठ सिकेर सुध्रिने संकल्प गर्नु पर्ने बताउनु भएको छ ।
खड्काले सोमबार सामाजिक सञ्जालमार्फत् भनाइ सार्वजनिक गर्दै यस्तो धारणा राख्नु भएको हो ।
महामन्त्री खड्का प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले गठन गरेको ‘सरकारलाई सहयोग गर्न बनेको कार्यदल’का संयोजक समेत हुनुहुन्छ ।
खड्काले ‘जसको कारणले मन्त्री चयनमा कमजोरी भएको भए पनि महामन्त्रीको नाताले आम नागरिक र सम्बन्धित सबै पक्षसँग क्षमा’ मागेको उल्लेख गर्नु भएको छ ।
सोमबार नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रम बाडेगाउँ पुगेर खड्काले आफ्नो अभिव्यक्ति सार्वजनिक गर्नु भएको हो ।
आइतबार स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त स्वास्थ्य तथा शिक्षा क्षेत्रका व्यापारी उमेश श्रेष्ठ र गणडकीमा तनहुँका डोबाटे विश्वकर्माको नाम काटेर विन्दुकुमार थापालाई कानुन मन्त्री बनाइए पछि देउवा सरकारको व्यापक आलोचन सुरु भएको पृष्ठभूमिमा महामन्त्री खड्काको यो अभिव्यक्ति आएको हो ।
महामन्त्री खड्काले सामाजिक सञ्जालमा लेख्नु भएको छ - 'गण्डकी प्रदेश सरकार र संघीय सरकारको बिस्तारमा पार्टी भित्र र बाहिरबाट आएका कडा टिप्पणी र आम प्रतिक्रियाबाट सकारात्मक रुपमा समयमैं पाठ सिकि यो ऐतिहासिक अवसरमा हामीले देश एबं आम नागरिक प्रतिको कर्तब्य पालना गर्न र आशा जागृत राख्न तत्काल सच्चिन र भविष्यमा कम्तिमा जनतालाई मन नपर्ने कुनै काम नगर्ने बिश्वासिलो संकल्प समय छँदै गर्न जरुरी छ। हामी वीचबाट जस जसको कारणले यो कमजोरी भएको भए पनि काँग्रेस पार्टीको महामन्त्रीको नाताले आमनागरिक र सम्बन्धित सबै सँग म क्षमा याचना गर्दछु ।'
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं- प्रतिनिधिसभालाई आगामी दिनमा कार्यतालिका बनाएर सञ्चालन गर्ने विषयमा दलहरूबीच सहमति भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको आजको बैठकमा संसद् र सांसदलाई जनताप्रति उत्तरदायी तुल्याउन सभा...
काठमाडौं- राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (एमाले) का उम्मेदवार कुमार दशौदी विजयी हुनुभएको छ । कुल मतको मतभार ७ हजार ९ सय मध्ये ४...
सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । बैठक बिहीबार दिउँसो १ बजे बस्नेगरी आजको बैठक...
लुम्बिनी- लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदान सुरु भएको हो । लुम्बिनी प्रदेश सरकारका...
काठमाडौं- नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मङ्गलबार राष्ट्रपति भवनमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट उपाध्यक्ष अर्यालको पद...