काठमाडाैं–पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण दर बढ्दो क्रममा रहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही दिनयता कोरोना भाइरस सङ्क्रमण दर बढ्दो क्रममा रहेको पाइएको जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ४२१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या आइतबारभन्दा एक हजार १८४ ले बढी हो । आइतबार मुलुकभर दुई हजार २३७ सङ्क्रमित देखिएका थिए ।
सोमबार १७ हजार २७२ जनाको नमूना परीक्षण गर्दा तीन हजार ४२१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै मुलुकमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सात लाख ३८ हजार ९१८ पुगेको छ । नेपालमा कोरोना भाइरस सङ्क्रमण दर १९.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
उपत्यकामा थप ९९९ जनामा सङ्क्रमण
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९९९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौँमा ६७७, ललितपुरमा १९७ र भक्तपुरमा १२५ जना रहेको मन्त्रालयले जनाएको छ ।
एक हजार ६८६ जना सङ्क्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप एक हजार ६८६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख ४५ हजार ३०१ पुगेको छ । नेपाल सङ्क्रमणमुक्त हुने दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार ७३८ पुगेको छ । नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने दर १.४३ प्रतिशत रहेको छ ।
मुलुकमा ५०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला ११ पुगेका छन् । मन्त्रालयका अुनसार ती जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, नवलपरासी (पूर्व), कास्की र रुपन्देही छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला २२ पुगेका छन् ।
सङ्क्रमितमध्ये ६६९ जना सघन उपचार कक्ष र १६६ जना भेन्टिलेटरमा छन् । होम आइसोलेशनमा २५ हजार ९३ र संस्थागत आइसोलेशनमा दुई हजार ८१५ जना रहेका छन् । रासस
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं- कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) आगामी फागुन १ गते नेपाल ल्याइने भएको छ । सरकारलाई ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’...
काठमाडौैै- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले कोरोना भाइरस सङ्क्रमणका विरुद्धमा प्रयोग गरिने खोपको अतिरिक्त मात्र (बुस्टर डोज) तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको छ । स्वास्थ्य सेवा...
काठमाडौं- एशियाली मेडिकल विद्यार्थी संघे (अम्सा)ले पूर्व एशियाली मेडिकल विद्यार्थी सम्मेलन आयोजना गरेको छ । माघ १३ देखि माघ १७ सम्म काठमाडौंमा आयोजना भएको उक्त कार्यक्रममा...
काठमाडौं- कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । कुष्ठरोग आँखाले...
काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रको बजेट बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने तयारी भएको बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकारसँगको अन्तरक्रियामा...