कास्की - कास्कीका ‘ट्यापे-मुन्द्रे’लाई लक्षित गरी प्रहरीले उनीहरूका मोटरसाइकल नियन्त्रणमा लिन थालेको छ।
सहरमा आफ्नो रवाफ देखाउन ‘ट्यापे-मुन्द्रे’हरू मोटरसाइकलको स्वरुप परिवर्तन गर्छन् र चर्को आवाज दिँदै गल्ली, गल्लीमा मानिसलाई त्रसित बनाउँदै हिँड्छन्।
कास्की प्रहरीले भने यसरी चर्को आवाजमा मोटरसाइकल चलाउनेमाथि धमाधम कारबाही थालेको छ। प्रहरीले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने त्यस्ता ४७ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
माघ १४ देखि थालिएको उक्त अभियानमा आइतबारसम्ममा ४७ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त शर्माले बताए।
प्रहरीले चलाएको अभियानमा नियन्त्रणमा परेका अधिकांश मोटरसाइकल बुलेट रहेका छन्। बुलेट मोटरसाइकलको साइलेन्सर पाइपमा स्वरुप परिवर्तन गरेर रबरको पाइप लगाएर आतंक मच्चाउँदै हिँडेको पाइएको छ। उनका अनुसार ती मोटरसाइकल आवश्यक कारबाहीको लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाइएको छ।
आफ्नो सवारीसाधन निर्वाध सञ्चालन गर्न पाउनु व्यक्तिको अधिकार भए पनि सामाजिक सु-व्यवस्थामा खलल पुर्याउने कार्य भएपछि न्यूनीकरण गर्न यस्तो अभियान चलाइएको शर्माले बताए। प्रहरीले चर्को आवाजमा ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयमा फोन गरेर सूचना दिन अनुरोध गरेको छ।
यो अभियानमा पटक-पटक ध्वनी प्रदुषण गरेको पाइएमा कुनै कसुर आकर्षित गरी कारबाही थाल्ने प्रहरीको योजना छ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
टोखा, काठमाडौं - टोखाको वडा नम्बर ६ ले सार्वजनिक सुनुवाई गरेको छ । वडाले सम्पादन गरेका विकास योजना र सेवा प्रवाहका बारेमा वडाबासीको गुनासो सम्बोधन गर्न...
काठमाडौं - यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ गतेसम्म मनसुन अवधि रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीका अनुसार...
काठमाडौं - टोखा नगरपालिका वडा नम्बर ६ ले आगामी आर्थिक वर्षका लागि योजना तय गर्न सुझाव संकलन गरिरहेको छ । यसैक्रममा शनिबार वडा कार्यालयमा नीतिगत सुझाव तथा...
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। पूर्वडीआइजी छविलाल जोशीसँगै लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सकिए पछि सर्वोच्चले रिहाईको...
काठमाडौं - काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट उत्पादन भएको फोहर पानी प्रशोधन गर्न दैनिक ५ हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको छ । बिजुलीबाट...