बाँके - बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर २ मदुवाका युवाहरुले वन्यजन्तुका कारण हुने नोक्सानीको राहत प्रक्रियाबारे जानकारी नपाएको बताएका छन् ।
बाँदर, बाघ, स्याल, र सुगाजस्ता वन्यजन्तुले पुर्याएको क्षति बारे अब सुमदायमा पनि जानकारी गराउने स्थानिय युवा मोहम्मद कैफ कुरैशीले बताउनुभयो । वन्यजन्तुहरूले घरभित्रको अन्नदेखि खेतबारीमा लगाइएको बालीसम्म सखाप पारेपछि राहत तथा क्षतिपुर्तिका लागि पिडितहरुले थाहा नपाउँदा सुविधाबाट वन्चित हुनु परेको स्थानिय युवा गोमा खत्रीले बताउनुभयो । उहाँले राहत पाउने प्रक्रिया ढिला भएको हुँदा पनि यसतर्फ धेरै स्थानियहरुले चासो नदिएको दुखेसो पोख्नुभयो ।
'वातावरणीय न्याय र जवाफदेहिताका लागि क्लब चौतारी' कार्यक्रमका सहभागीहरुले आफ्ना अनुभव र समस्याहरुबारे यस्तो बताएका हुन । समाज सुधार युवा क्लबका सदस्य सुरेश वलीले वन्यजन्तुबाट हुने असर कम गर्न तारजाली मात्र भएर नहुने बताउनुभयो । कार्यक्रमका सहभागीहरुले राहत प्रक्रिया सरल बनाउनुपर्ने र स्थानीय निकायले प्रत्यक्ष निरीक्षणको आधारमा राहत दिनुपर्ने सुझाव दिए । कार्यक्रममा उठेका मुद्दाहरुलाई समेट्दै सहजकर्ता सावित्री गिरीले वन्यजन्तुबाट भएको राहत वितरण निर्देशिका २०८० मा समेटिएका राहात पक्रियाका बिषयमा जानकारी गराउनुभएको थियो ।
युएसएडको सहयोग र द एसिया फाउन्डेशन मु्ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण अभियान’ को गतिविधिका रुपमा क्लब चौतारी गरिएको समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)का कार्यक्रम संयोजक भिम बहादुर सार्कीले बताउनुभयो ।
कार्यक्रममा ३८ जनाको सहभागीता रहेको थियो । यो अभियान बर्दियाको मधुवन नगरपालिकाको वडा नम्बर २ र बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ मा सञ्चालित छ । यो संवादको अडियो भिडियो कार्यक्रम समेत प्रसारण गरिने सिसिएनले जनाएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - काठमाडौं उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका २०ओटा दुई पाङग्रे सवारी साधन (मोटरसाईकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार...
काठमाडौँ - काठमाडौँको हाँडीगाउँका केही सडकहरुलाई एकतर्फी गरिएपछि आवागमनसँगै स्थानीय जनजीवनमा सहजता आएको छ । वडाध्यक्ष वीरेन्द्र प्रजापतीका अनुसार योजना कार्यान्वयनमा आएसँगै यसको प्रभाव विश्लेषण गर्न...
काठमाडौं - उडिसाको विश्वविद्यालय केआइआइटीमा अध्ययनरत् नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि त्यहाँबाट ७५ जना विद्यार्थी फर्केका छन्। बुटवलकी २० वर्षीया लम्सालको आइतबार साँझ हत्या भएपछि केआइटिसीमा...
कास्की - कास्कीका ‘ट्यापे-मुन्द्रे’लाई लक्षित गरी प्रहरीले उनीहरूका मोटरसाइकल नियन्त्रणमा लिन थालेको छ। सहरमा आफ्नो रवाफ देखाउन ‘ट्यापे-मुन्द्रे’हरू मोटरसाइकलको स्वरुप परिवर्तन गर्छन् र चर्को आवाज दिँदै गल्ली,...
खाना छिटो पकाउन भान्सामा विभिन्न उपकरणहरू प्रयोग गरिन्छ। यसमा कुकर यस्तो उपकरण हो, जसको बिना भान्साको काम गर्न गाह्रो देखिन्छ। चाहे आलु उमाल्ने होस् वा...