काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारमा रहेका मन्त्रीलाई आ–आफ्ना मन्त्रालयको काम प्रभावकारी बनाउन सातबुँदे निर्देशन जारी गरेका छन् ।
बुढानिलकण्ठस्थित सभापति देउवा निवासमा आज बिहान बसेको १२ जना मन्त्री र संसदीय दल कार्यसमितिको संयुक्त बैठकमा सभापति देउवाले मन्त्रीहरूका लागि सातबुँदे निर्देशन दिएका हुन् ।
सभापति देउवा र महामन्त्री गगनकुमार थापाले कांग्रेस र एमालेको सहमतिमा अध्यादेश ल्याएको ब्रिफ्रिङवाट सुरू भएको बैठकमा कांग्रेसका मन्त्रीहरूले आ आफ्नो मन्त्रालयमा भएका काम कारबाहीका बारेमा ब्रिफिङ गरेका थिए ।
सो बिफ्रिङ पछि सभापति देउवाले गठबन्धनको मर्म अनुसार काम गर्न निर्देशन दिएको खेलकुद मन्त्री तेजुलाल चौधरीले बताए ।
यस्तो छ मन्त्रीहरूलाइ दिइएको ७ बुदेँ निर्देशनः
१) सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्ने । महत्त्वपूर्ण विषयमा नियमित छलफल गर्ने ।
२) विभिन्न समितिमा विचाराधीन विधेयकलाई टुंगोमा पुर्याउन सक्रियता साथ कार्य गर्ने ।
३) आ–आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम सम्पन्न गराउने प्रक्रियामा गति बढाउने ।
४) चालू आर्थिक वर्षको बजेटमा परेका, तर स्रोत सुनिश्चितताको पर्खाइमा रहेका, टेन्डर हुन नसकेका, निर्माण सुरु भएका, तर अपेक्षित गतिमा काम नभइरहेका विकास योजना सम्पन्न गर्न गराउन आवश्यक पहलकदमी लिने ।
५) हप्तामा २ निश्चित दिन खुल्ला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने बाँकी ५ दिन सम्पूर्ण रुपले मन्त्रालयको काममा केन्द्रित हुने ।
६) सांसदहरुको चासो, सुझाव र अपेक्षालाई छलफलमार्फत संसदीय दल कार्यसमिति र मन्त्रीहरूले समन्वय गर्ने ।
७) पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरूमार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागहरूका सम्बन्धमा महिनामा एकपटक पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भएर गुनासो र सुझाव लिने ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवि लामिछानेको पद निलम्बनमा परेको छ । यसअघि दोहोरो नागरिकताका कारण पदमुक्त भएका रास्वपा सभापतिसमेत रहेका लामिछाने यो पटक...
काठमाडौं - उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि तयार पारिएका कार्ययोजना कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको गरेको बताएका छन् । थाइल्याण्डको राजधानी बैंककमा...
काठमाडौँ - निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते...
काठमाडौँ - नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । विष्टले असोज १२ गते महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि विष्टले राजीनामा...
काठमाडौं - नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित भएको छ । आगामी १२ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम राखिएको थियो । तर,आजै एक सूचना...