काठमाडौं - धापासी समृद्ध नारी मञ्च र समाज डेन्टल हस्पिटलको संयुक्त आयोजनामा नि:शुल्क दन्त शिविर गरिएको छ ।
टोखा नगरपालिका वडा नम्बर ६ को कार्यालय परिसरमा भएको शिविरमा स्थानीय करीब २ सय जनाले सेवा लिएका छन् ।
टोखा नगरपालिकामा विभिन्न सामाजिक कार्य गर्ने उद्देश्यले ६ महिना अगाडी स्थापना भएको धापासी समृद्ध नारी मञ्चले पहिलो पल्ट नि:शुल्क दन्त शिविर आयोजना गरेको मञ्चका अध्यक्ष विष्णु अर्याल पोखरेलले बताउनु भयो ।
नि:शुल्क दन्त शिविरमा उपचार गराएका मध्ये अधिकांशको सफाइ कम देखिएको चिकित्सकले बताएका छन् । त्यसका लागि स्केलिगं गर्नुपर्ने उनीहरूको सुझाव थियो। समाज डेन्टलले दन्त सेवा परिक्षण लिएका सबैलाई हाईजिन किट अन्तर्गत टुथपेस्ट र टुथब्रस नि:शुल्क वितरण गरेको थियो ।
समाज डेन्टलका डाक्टर सृष्टी शाहको नेतृत्वमा रहेको प्राविधिक टोलीले सेवा दिएको थियो । शिविरमा सेवा लिएका सबैलाई अस्पतालको सेवा लिनु परेमा २० प्रतिशत छुट दिने घोषणा समाज डेन्टल अस्पतालले गरेको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। पूर्वडीआइजी छविलाल जोशीसँगै लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सकिए पछि सर्वोच्चले रिहाईको...
काठमाडौं - काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट उत्पादन भएको फोहर पानी प्रशोधन गर्न दैनिक ५ हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको छ । बिजुलीबाट...
काठमाडौं - काठमाडौं उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका २०ओटा दुई पाङग्रे सवारी साधन (मोटरसाईकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार...
काठमाडौँ - काठमाडौँको हाँडीगाउँका केही सडकहरुलाई एकतर्फी गरिएपछि आवागमनसँगै स्थानीय जनजीवनमा सहजता आएको छ । वडाध्यक्ष वीरेन्द्र प्रजापतीका अनुसार योजना कार्यान्वयनमा आएसँगै यसको प्रभाव विश्लेषण गर्न...
काठमाडौं - उडिसाको विश्वविद्यालय केआइआइटीमा अध्ययनरत् नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि त्यहाँबाट ७५ जना विद्यार्थी फर्केका छन्। बुटवलकी २० वर्षीया लम्सालको आइतबार साँझ हत्या भएपछि केआइटिसीमा...