बर्दिया - वन्यजन्तु प्रभावितहरुका लागि प्रदान गरिने क्षतिपूर्तिको प्रकृया सरल र छरितो नभएको गुनासो प्रभावित क्षेत्रका स्थानीयहरुले गरेका छन् ।
समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले बर्दियाको मधुवन नगरपालिका वडा नं. २ खैरेनीमा शुक्रबार आयोजना गरेको ‘वातावणीय न्याय र जवाफदेहिताका लागि गोलघर सम्वाद’का सहभागीहरुले यस्तो गुनासो गरेका हुन् ।
युएसएआइडी/द एसिया फाउण्डेशनद्धारा संचालित ‘नागरिक समाज र मिडिया’ परियोजनाको साझेदारीमा संचालित ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सिमान्तकृत समुदायको सबलीकरण अभियान’ अन्तर्गत सम्बाद गरिएको सीसीएनले जनाएको छ ।
खैरेनीमा विशेषगरी बाँदर, बाघ र हात्तीको आतंक रहेको सहभागीहरुले वताएका थिए । बाँदरले लगाएको तरकारी बाली, सुकाएको अन्नबाली चोरेर खाइदिने गरेको र बाघले जंगलमा बाख्रा चराउन जाँदा र खोरभित्रैका बाख्रा र सुँगुर खाइदिने गरेको गंगापटुवा सामुदायिक वन उपभोक्ता समितिका सदस्य मीना थारुले बताउनुभयो । हात्तीहरुले बेलाबेला आएर घर भत्काइदिने र अन्नबाली खाइदिने गरेको समेत उहाँको गुनासो थियो ।
यस्तै, सहभागीहरुले वनजंगल सडकको छेउमा उज्यालो नहुँदा बाघ, चितुवा लागायतका वन्यजन्तुले आकस्मिक हमला गर्न सक्ने सम्भावना रहेकाले स्थानिय सरकारले सडक बत्ती जडान गर्दा सहज हुने धारणा राखेका थिए । वन्यजन्तु पीडीतहरुले पाउनुपर्ने राहत झन्झटिलो भएको गंगापटुवा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ढिकराम थारुले बताउनुभयो । उहाँले भन्नुभयो, 'गाउँघरका सुँगर बाख्रा बाघले मारिदिएको सिफारिस खाता सामदायिक वन समन्वय समितिमा पठाएको भएतापनि पीडितहरुले अझैसम्म राहत पाएका छैनन् ।'
गोलघर सम्वादको सहजीकरण गर्दै विषय विज्ञ रमेश थापाले वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० मा व्यवस्था भएको राहत पाउने प्रक्रिया, राहतको रकम, राहत प्राप्त गर्नका लागि पुर्याउनुपर्ने प्रक्रिया र बीमा सुविधा लिने प्रक्रिया लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।
गोलघर सम्वादले मानव–वन्यजन्तु द्वन्दबाट प्रभावित समुदायका समस्या र सामाजिक–आर्थिक प्रभावहरुको पहिचान गर्दै समाधानका उपायहरु साझा गर्ने, समुदायलाई अधिकार, जिम्मेवारी, र वकालतका माध्यमबारे सचेत बनाउँदै उनीहरुको क्षमता अभिवृद्धि गर्ने तथा सम्वादबाट प्राप्त विचार र सुझावहरुलाई दस्तावेजीकरण गरी सम्बन्धित निकायहरुसम्म पु¥याउने उद्देश्य राखेको छ ।
गोलघर सम्वाद कार्यक्रममा वन्यजन्तु प्रभावित स्थानीय, सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि, बडघर, किशोरी क्लबका प्रतिनिधि लगायत झण्डै ५० जनाको सहभागिता थियो । सम्बादको उद्देश्य बारे प्रकाश पार्दै सीसीएनका कार्यकारी निर्देशक तुला अधिकारीले पहिलो चरणमा विभिन्न सम्बाद कार्यक्रम मार्फत् वातावरणीय न्यायका सवालमा सचेतनामुलक अभियान चलाइने र दोस्रो चरणमा सरोकारवाला र प्रभावितहरु वीच सहजीकरण गरी समस्याको समाधान तथा नीतिगत सुधारका लागि पैरवी गरिने बताउनु भयो ।
सीसीएनका अनुसार सम्वाद कार्यक्रमहरुको अडियो भिजुअल कार्यक्रम तयार गरि स्थानीय रेडियो र मल्टिमिडिया माध्यम मार्फत् प्रसारण गरिने छ ।
यो अभियान बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. २ मा समेत सञ्चालित रहेको सीसीएनले जनाएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - धापासी समृद्ध नारी मञ्च र समाज डेन्टल हस्पिटलको संयुक्त आयोजनामा नि:शुल्क दन्त शिविर गरिएको छ । टोखा नगरपालिका वडा नम्बर ६ को कार्यालय परिसरमा...
नेपालगञ्ज - बाँकेको राप्ती नदी सिधनियाघाटमा गंगा महाआरती गरिएको छ । पाँचौ संस्करणमा पुग्दा महाआरतीमा भक्तजनहरुको सहभागिता बढ्दै गएको छ । डुडुवा गाउँपालिका वार्ड नम्बर ४...
नेपालगञ्ज - बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. २ माथेबासका वन्यजन्तुबाट प्रभावित समुदायहरुले आफुहरुलाई क्षतिपूर्ति तथा राहत सम्बन्धि व्यवस्था र त्यसको प्रकृया नै थाहा नभएको...
काठमाडौं - नेपाल पत्रकार महासंघकाे आसन्न निर्वाचनका लागि दुई टीमले उम्मेदवारी घोषणा गरेका छन् । नेपाल प्रेस युनियन र प्रेस चाैतारीले निर्मला शर्माकाे नेतृत्वमा र प्रेस सेन्टर र समाजवादी...
काठमाडौं - बालबालिकादेखि वृद्धसम्म सबैका लागि 'सेल्फ डिफेन्स' अर्थात् आत्मरक्षाको सीप आवश्यक रहेको राजधानीमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ। सेल्फ डिफेन्स फोरम नेपालका अध्यक्ष राधिका ऐअर हमालले कार्यक्रममा...