नेपालगञ्ज - नेपालगञ्जमा ६५ करोडको लागतमा स्टार पोलीपाईप इन्डष्ट्रिज प्रालिको शनिबार उद्घाटन गरिएको छ ।
नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ मा रहेको स्टार पोलीपाईप इन्डष्ट्रिज प्रालिको शनिबार उद्घाटन गर्दै मन्त्री भण्डारीले निर्यातमुखी उद्योग तथा कलकारखानालाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले स्टार पोलिपाइपलाई लुम्विनी प्रदेशमा मात्रै नभएर नेपालभर तथा भारतसम्म पनि उत्पादित सामाग्रीको बजारीकरण गर्न सक्ने बिश्वास ब्यक्त गर्नुभयो ।
प्रालिका अध्यक्ष कमल कार्कीले करिब ६५ करोडको लागतमा एचडिपिई, सिपिभिसी, युपिभिसी, बोरवेल तथा गार्डेन पाईप तथा फिटिङको उत्पादन गर्दै आईरहेको जानकारी दिनुभयो । कार्कीले बजारमा आर्थिक मन्दी भएपनि स्टार पोलीपाईपबाट अत्याधुनिक उपकरणबाट गुणस्तरीय सामाग्रीको उत्पादन गरिरहेको बताउनुभयो ।
कम्पनीले जापान तथा दक्षिण कोरियामा उत्पादित उत्कृष्ट कच्चा पदार्थबाट सिपिसिभी, युपिभिसी पाईप तथा फिटिङहरु उत्पादन गर्दै आईरहेको कम्पनीका बिक्रि प्रमुख दिनेशराज विष्टले जानकारी दिनुभयो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा...
काठमाडौं - चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत...
काठमाडौँ - नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश विद्युत निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५)...
काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर विश्वनाथ पौडेलले लगानी विस्तार गर्दै थप उद्यम तथा उद्यमीहरूको सृजनामा अघि बढ्न आइएमई समूहलाई आग्रह गर्नु भएको छ। शुक्रवार...
काठमाडौं - ग्लोबल आइएमई बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’ सुभारम्भ गरेको छ । काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका...