काठमाडौं - प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले हिंसा शब्द संसदीय नै रहेको रुलिङ गरेपछि माओवादी केन्द्रले आपत्ति जनाएको छ ।
एमाले नेता एवं सांसद योगेश भट्टराई भदौ १२ गतेको प्रतिनिधि सभाको विशेष समयमा बोल्ने क्रममा माओवादी केन्द्रलाई लक्षित गर्दै जनयुद्धमा 'हिंसा' भएको उल्लेख गरेका थिए । उक्त शब्दबारे माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाएका थिए । उक्त शब्द असंसदीय रहेकाले संसदको अभिलेखबाट हटाउनुपर्ने माओवादीको माग थियो ।
सो शब्दबारे प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ मा भएको व्यवस्था, भदौ १८ गते बसेको कार्य व्यवस्था परामर्श समितिमा भएको छलफल र सचिवालयको रायसमेतको आधारमा विषय, प्रसंग र प्रस्तुतिलाई विचार गर्दा योगेश भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय नदेखिएको सभामुख घिमिरेले रूलिङ गरेका थिए ।
सभामुख घिमिरेको रूलिङलगत्तै माओवादीका प्रमुख सचेतक पाण्डेले सभामुखको रूलिङ बेठीक रहेको बताए । उनले माओवादीले सभामुखको रूलिङको विरोध गर्ने पनि बताए । ‘यो शब्दका बारेमा जुन किसिमको ब्याख्या आएको छ, हाम्रो दल विरोध गर्दछ । यो बेठीक भएको छ । संविधानभन्दा माथि कोही हुँदैन । यसरी संविधान र कानुनको विपरीत शब्दहरु प्रयोग गर्दै जाने हो भने हामीलाई यसले कता लान्छ ?’ उनले प्रश्न गरे । सचिवालयले दिएको ब्याख्या आफूहरुलाई मान्य नरहेको पनि उनले बताए ।
'हिँसा' शब्दको बहस लामो समय हुदा माओवादी केन्द्र र एमालेका सांसदहरु आमेन सामने भएका थिए । एमाले सांसद रघुजी पन्तले हिंसा शब्द संसदमा विगतमा पनि प्रयोग भएको उदाहरण दिदै माओवादीले संसदमा अनावश्यक बहस गरेको आरोप लगाएका थिए ।
माओवादीका सांसदहरुको निरन्तर अवरोधपछि आजको बैठक स्थगित भएको छ । अर्को बैठक आगामी भदौ ३० गते आइतबार बस्नेछ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - टोखा नगरपालिकाको वडा नम्बर ६ मा नेपाल महिला संघले सर्वसम्मत रुपमा नयाँ नेतृत्व छानेको छ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघको चौथो वडा...
काठमाडौं - कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहितका व्यक्तिविरूद्ध तीन अर्ब २१ करोड...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जारी संसद अधिवेसनवाट ६ बिधेयक पारित गर्न अनुरोध गरेका छन् । आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथी सांसदहरूले उठाएका प्रश्नको...
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आगामी चैत ५ गते निर्वाचन...
काठमाडौं - नेपाली कांग्रेसका ७७ जिल्लाका सभापति र उपसभापतिहरू पोखरामा भेला हुदैँछन् । पर्यटकीय नगरी पोखरामा माघ २२–२३ गते हुने प्रशिक्षण कार्यक्रममा उनीहरू सबै एकैपटक भेला हुन...