काठमाडौं - अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि चोरीको उद्धेश्यले अपार्टमेन्टमा पुगेका बोबिसिंह शाहले गोली हानेको खुलासा भएको छ ।
अदालतको विवरणमा लुटपाटको उद्धेश्यले बोबिसिंह मुनाको अपार्टमेन्टमा पुगेको र सोहि क्रममा गोली हानेर हत्या गरेको उल्लेख गरिएको छ ।
अब बोबीसिंहलाई सेप्टेम्बर ३ मा अदालतमा उपस्थित गराइने र उनीमाथि मुनाको हत्या बाहेक गैरकानुनी हतियार राखेको मुद्धा समेत चलाइने भएको छ । गैर कानुनी हत्याको मुद्धामा उनलाई सेप्टेम्बर ५ मा अदालतमा उपस्थित गराइने भएको छ ।
५१ बर्षिय शाहलाई प्रहरीले तस्बीर सार्बजनिक भएपछि प्राप्त सूचनाका आधारमा ट्राफिकमा रोकिएको अवस्थामा पक्राउ गरेको थियो ।
शाह मुना मृत भेटिएको स्थानमा अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएपछि प्रहरीले तस्वीर सार्बजनिक गरेको थियो । अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको अवस्थामा सोमबार भेटिएकी थिइन् ।
नेपालमा भोजपुरकी २१ बर्षिय पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौँ - संयुक्त राष्ट्र बाल एजेन्सीका कार्यकारी निर्देशक क्याथरिन रसेलले अत्याधिक गर्मी बढ्दै गएकाले बालबालिकाको स्वास्थ्य, जीवनशैली र दैनिकीमा बाधा पुर्याइरहेको बताएकी छन् । युनिसेफको प्रतिवेदनले १९६०...
ढाका - सेन्ट मार्टिन टापु, जसलाई लिएर बंगलादेशको राजनीतिमा धेरै हंगामा मच्चिएको छ । के तपाईलाई थाहा छ, यो टापु मात्र ३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ...
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नोबेल पुरस्कार विजेता डा. मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको छ । आन्दोलनरत विद्यार्थी नेताहरूले ८४...
काठमाडौँ - बंगलादेशका पुर्व विदेशमन्त्री हसन महमुद पक्राउ परेका छन् । उनलाई विदेश जानेक्रममा ढाकास्थित विमानस्थलबाट पक्राउ गरिएको बंगलादेशको डेलीस्टार मिडियाले उल्लेख गरेको छ । उनलाई...
काठमाडौँ - बंगलादेशका प्रधानमन्त्री शेख हसिनाका छोरा साजिब वाजिब जोयले आफ्नी आमाले आइतबार नै राजीनामा दिने तयारी गरेको बताएका छन् । बिबिसीसँग कुरा गर्दै साजिबले केहि...