ढाका - सेन्ट मार्टिन टापु, जसलाई लिएर बंगलादेशको राजनीतिमा धेरै हंगामा मच्चिएको छ ।
के तपाईलाई थाहा छ, यो टापु मात्र ३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । र, म्यानमारबाट यसको दूरी मात्र ५ माइल टाढा छ।
ढाका ट्रिब्यूनका अनुसार यो टापु १८ औं शताब्दीमा अरब व्यापारीहरूले बसाएको थिए । उनीहरुले यसको नाम ‘जजिरा’ राखेका थिएँ । त्यसपछि ब्रिटिस सरकारले कब्जा गर्यो।
चटगाउँका उपायुक्तको नाममा यस टापुको नाम ‘सेन्ट मार्टिन’ टापु राखिएको थियो। यस टापुलाई बंगाली भाषामा ‘नारिकेल जिन्जिराु’ (नारियल टापु) वा दारुचिनी द्वीप (दालचीनी द्वीप) भनिन्छ। यो बंगलादेशको एकमात्र कोरल टापु हो।
पर्यटनका अलावा यो टापु व्यापारका लागि पनि महत्त्वपूर्ण छ। यस टापुमा ९ वटा गाउँ छन्, जसमा करिब ३ हजार ७ सय मानिस बस्छन् । उनीहरुको पेशा माछा मार्ने, धान र नरिवल खेती हो । यहाँका किसानहरूले आफ्नो उत्पादन नजिकैको देश म्यानमारका मानिसहरूलाई बेच्छन्।
भौगोलिक अवस्थिति महत्वपूर्ण छ, यहाँबाट चीन–भारत अनुगमन गर्न सकिने जनाईएको छ । सेन्ट मार्टिनको भौगोलिक स्थान धेरै महत्त्वपूर्ण छ। डेली स्टारका अनुसार यदि कुनै देशले सेन्ट मार्टिनमा सैन्य अड्डा बनाउँछ भने यसले मलाक्का स्ट्रेट नजिकैको किनार प्राप्त गर्नेछ। चीनले यातायातका लागि यो मार्ग प्रयोग गर्दै आएको छ । यो टापु चीन र म्यानमारमा नजर राख्न मात्र होइन, भारतले यहाँबाट के गरिरहेको छ भनेर जान्न पनि प्रयोग गर्न सकिन्छ।
चाखलाग्दो कुरा के छ भने म्यानमारले पनि सेन्ट मार्टिन टापुमाथि दाबी गरेको छ । सन् १९३७ मा म्यानमार ब्रिटिस शासनबाट अलग भए पछि पनि यो टापु ब्रिटिस इन्डियाको हिस्सा रह्यो। सन् १९४७ मा भारतले स्वतन्त्रता पाएपछि पनि बेलायतले यस टापुमा आफ्नो नियन्त्रण कायम राखेको थियो। तर, केही समयपछि पाकिस्तानले नियन्त्रणमा लिएको थियो ।
सन् १९७१ मा पाकिस्तान अलग भएपछि बंगलादेशले यस टापुमाथि आफ्नो नियन्त्रण कायम गरेको थियो । द डेली स्टारको रिपोर्ट अनुसार सन् १९७४ मा बंगलादेश र म्यानमार दुबैले सेन्ट मार्टिन टापुमा बंगलादेशको नियन्त्रण रहने सहमति गरेका थिए ।
सन् २०१८ मा म्यानमारले आफ्नो आधिकारिक नक्सामा ‘सेन्ट मार्टिन टापु’ लाई आफ्नो भागको रूपमा घोषणा गरेको थियो। तर, बंगलादेशको आपत्तिपछि परराष्ट्र मन्त्रालयले आफ्नो गल्ती स्वीकार गर्दै यो नक्सा हटाएको थियो । यसअघि पनि धेरै पटक म्यानमारका सेनाले यस क्षेत्रमा बंगलादेशी नागरिक माथि आक्रमण गरिसकेका छन् ।
रिपोर्टका अनुसार रोहिंग्याहरूले म्यानमारबाट भागेर बंगलादेश छिर्नका लागि पनि उक्त टापु प्रयोग गर्ने गरेको छ। (न्युजकारखानाबाट)
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - कैलास मानसरोवर यात्राको सिजन सुरू भएको छ। कैलाश–मानसरोवर यात्राको उपयुक्त समय वैशाख मध्यदेखि असोज मध्य सम्म मानिन्छ। यो क्षेत्र तिब्बतमा पर्ने भएकाले यात्राका लागि...
अब चीनमा प्रेमी प्रेमिका खोज्ने कथा अलि फरक ढंगले गर्न थालिएको छ । तिब्र गतिको जीवनशैली, करियरको बढ्दो दबाब र विवाहप्रतिको परम्परागत सोचमा आएको ह्रासले युवालाई...
भूकम्प र आणविक परीक्षणका सम्बन्धमा एउटा अनुसन्धान बाहिर आएको छ, जसमा बारम्बार पृथ्वी हल्लाउनुको अर्थ भूकम्प आएको होइन, वास्तवमा यो गोप्य आणविक परीक्षण पनि हुनसक्ने...
ताप्लेजुङ - पाथीभरा मन्दिरतर्फ यात्रु बोकेको एउटा जिप सोमबार बिहान पाँच बजेतिर सदरमुकाम फुङलिङबाट चुपचाप यात्रा सुरू गरेको थियो। बिहानको चिसोमा लपक्क परेको कुहिरो छिचोल्दै यात्रुले आ-आफ्ना...
अमेरिकासँग बदला लिन चीनले अमेरिकामा दुर्लभ खनिजको निर्यातमा प्रतिबन्ध लगाएको छ । अमेरिकाले चिनियाँ सामानमा १४५ प्रतिशत कर लगाएपछि चीनले यो जवाफी कदम चालेको हो । तर,...