काठमाडौँ - ललितपुर महानगरपालिकाले १०६ वर्ष पुरानो डेनिस दमकल सञ्चालनमा ल्याएको छ ।
महानगर क्षेत्रमा हुनसक्ने आगलागीको सम्भावित जोखिममा परिचालन गर्नका लागि महानगरपालिकाले १०६ वर्ष पुरानो डेनिस दमकल मर्मत गरेर सञ्चालनमा ल्याएको हो ।
ललितपुरका मेयर चिरीबाबु महर्जनले विगत ४२ वर्षदेखि यसको पार्टस नपाएको कारणले थन्काएर राखेको अवस्था रहेकोमा अहिले अमेरिकाबाट पार्टहरु मगाएर मर्मत गरी सञ्चालनमा ल्याएको जानकारी दिएका छन् ।
उनले भने,‘विगत ४२ वर्षदेखि यसको पार्टस नपाएको कारणले दमकल चलेको थिएन । रोक्की राखेको थियो । ७३–७४ सालमा दमकल लिलामीमा राखियो । त्यो सूचना पाउनेसाथ झिक्यौं । अमेरिकामा यसको पार्टस भेटियो र अहिले सञ्चालमा ल्याइएको छ।’
दमकलको चक्काहरु छन् कहिले पनि पञ्चड नहुने र सिसाहरु पनि नफुट्ने प्रमुख विशेषता रहेको उनले जानकारी दिए ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - विश्वभरका हिमनदी पग्लिएपछि ज्वालामुखी विस्फोटको डर बढ्दै गएको छ । यस सम्बन्धमा वैज्ञानिकहरुको अनुसन्धानले धेरै चकित पार्ने खुलासा गरेका छन्। ग्लेशियरहरू र ज्वालामुखी गतिविधिहरू बीचको...
काठमाडौं - रसुवागढी क्षेत्रमा सोमबार बिहान आएको भीषण बाढीले चीन–नेपाल सीमावर्ती क्षेत्रलाई अकल्पनीय क्षति पुर्याएको छ। गोसाइँकुण्ड गाउँपालिका २ स्थित लिङ्दे खोलामा चीनतर्फबाट आएको बाढीका कारण नेपाल–चीनको...
काठमाडौं - विज्ञानमा हरेक दिन नयाँ नयाँ खुलासा भइरहेका छन्, भर्खरै यस्तो खुलासा भएको छ कि जुन थाहा पाउँदा तपाई पनि छक्क पर्नु हुनेछ । एक...
काठमाडौं - भारतको अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान बिहीबार (जुन १२, २०२५) दिउँसो दुर्घटनामा परेको थियो। यस दुर्घटनामा मृत्यु हुनेको संख्यामा थप बृद्दी...
काठमाडौं - विशेष गरी यो गर्मिको मौसममा दिउँसोको चर्को घाममा अफिस वा बजारबाट फर्किंदा कडा टाउको दुख्ने, चक्कर लाग्ने र अन्योल महसुस हुन सक्छ ।...