काठमाडौं - सामाजिक सुरक्षा कोषमा सूचीकृत योगदानकर्ताको साढे ५७ अर्बभन्दा बढी रकम संकलन भएको छ । १४ लाख ५६ हजार योगदानकर्ताको सो रकम संकलन भएको हो ।
२०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम संकलन गर्न थालेको थियो । करिब चार वर्षको समयमा कोषमा योगदान रकमको रूपमा साढे ५७ अर्बभन्दा बढी संकलन भएको हो ।
वैदेशिक रोजगारीमा रहेका, स्वदेशभित्र काम गरिरहेकाहरूले कोषमा योगदान रकम संकलन गर्ने क्रम बढेसँगै योगदान रकम र योगदानकर्ताको संख्यामा वृद्धि भएको कोषले जनाएको छ । सूचीकृत हुने योगदानकर्ताको संख्यामा वृद्धि भएसँगै योगदान रकम ५७ अर्ब ५५ करोड ८१ लाख रुपैयाँ पुगेको सामाजिक सुरक्षा कोषले बताएको छ ।
जेठ महिनामा मात्रै दुई अर्ब ५२ करोड ८१ लाख रुपैयाँ संकलन भएको कोषले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । वैशाखसम्म योगदान रकमबापत ५५ अर्ब तीन करोड रुपैयाँ संकलन भएको थियो ।
आर्थिक वर्षको ११ महिनामा १५ अर्ब रुपैयाँभन्दा बढी रकम संकलन भएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअनुसार मासिक पारिश्रमिक भुक्तानी गर्दा आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकममध्ये रोजगारदाताको तर्फबाट २० प्रतिशत र श्रमिकको तर्फबाट ११ प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको 'बेष्ट बैंक अवार्ड २०२५'बाट सम्मानित भएको छ । यो अवार्ड सगैं ग्लोबल आइएमई बैंक लगातार २ वर्ष ग्लोबल...
काठमाडौं - आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा...
काठमाडौं - चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत...
काठमाडौँ - नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश विद्युत निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५)...
काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर विश्वनाथ पौडेलले लगानी विस्तार गर्दै थप उद्यम तथा उद्यमीहरूको सृजनामा अघि बढ्न आइएमई समूहलाई आग्रह गर्नु भएको छ। शुक्रवार...