नेपालगञ्ज - पछिल्लो समय परोपकारी पत्रकारितामा सकृय पत्रकार कृष्णराज अधिकारी पुरस्कृत भएका छन् ।
नेपाल पत्रकार महासँघ, बाँके शाखाको १४औं बार्षिक साधारण सभाका अबसरमा अधिकारीलाई ५ हजार रुपियाँ नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको हो ।
विगत डेढ दशकदेखि सञ्चारकर्ममा कृयाशील अधिकारी कृष्णसार एफएम तथा टीभी कृष्णसार डिजिटलको प्रोडक्सन टीम लिडर हुन् ।
मनोरञ्जन पत्रकारिताबाट मिडियामा प्रवेश गरेका उनी पछिल्ला वर्षदेखि स्थानीय मुद्दा तथा समस्या र पीडामा रहेका मानिसहरुका बारेमा विशेष खोजमुलक अडियो भिजुअल रिपोर्टिङमा रुचि राख्छन् ।
अधिकारीले आफुले पाएको नगद पुरस्कार भिरबाट लडेर एक महिनादेखि वेहोस बाजुराको हिमाली गाउँपालिकाकी कुसुमकला रोकायलाई तत्कालै प्रदान गरेका छन् । उनको भेरी अस्पतालमा उपचार भैरहेको छ ।
गत वर्ष नेपाल प्रेस युनियन बाँकेले पनि उनलाई पत्रकारिता पुरस्कार प्रदान गरेको थियो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
टोखा, काठमाडौं - टोखा नगरपालिकामा सामाजिक क्षेत्रमा सेवा गर्ने उद्देश्यका साथ स्थापित समृद्ध नारी मञ्चको दोस्रो साधारण सभा गरिएको छ । 'सबैका लागि समानता समृद्ध नारी मञ्चको प्रतिवद्धता' नाराका...
टोखा, काठमाडौं - टोखाको वडा नम्बर ६ ले सार्वजनिक सुनुवाई गरेको छ । वडाले सम्पादन गरेका विकास योजना र सेवा प्रवाहका बारेमा वडाबासीको गुनासो सम्बोधन गर्न...
काठमाडौं - यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ गतेसम्म मनसुन अवधि रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीका अनुसार...
काठमाडौं - टोखा नगरपालिका वडा नम्बर ६ ले आगामी आर्थिक वर्षका लागि योजना तय गर्न सुझाव संकलन गरिरहेको छ । यसैक्रममा शनिबार वडा कार्यालयमा नीतिगत सुझाव तथा...
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। पूर्वडीआइजी छविलाल जोशीसँगै लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सकिए पछि सर्वोच्चले रिहाईको...