काठमाडौं - चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात गरिएकोमा एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख बराबरको निर्यात गरिएको थियो ।
विभागका अनुसार चालू आवको १० महिनामा १४ खर्ब २९ अर्ब ५३ करोड पाँच लाख बराबरको वैदेशिक व्यापार भएको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा १४ खर्ब ६६ अर्ब २२ करोड बराबरको बैदेशिक व्यापार भएको थियो । अहिल्लो आर्थिक बर्षको तुलनामा कुल वैदेशिक व्यापार २.५० प्रतिशतले घटेको विभागले जनाएको छ । गत आर्थिक वर्षको दश महिनाको तुलनामा आयात २.३९ र निर्यात ३.६१ प्रतिशतले घटेको छ ।
यस अवधिमा सबैभन्दा बढी व्यापार घाटा भारतसँग ७ खर्ब २९ अर्ब ७० करोड बराबर रहेको छ । भारतबाट ८ खर्ब १५ अर्ब ७२ करोडको आयात भएको छ भने ८६ अर्बको निर्यात भएको विभागले जनाएको छ । त्यस्तै नेपालसँग दोस्रो ठूलो वैदेशिक व्यापार घाटा चीनसँग २ खर्ब ३८ अर्ब ५५ करोड बराबर रहेको छ । १० महिनामा चीनबाट २ खर्ब ४० अर्ब ८३ करोड बराबरको आयात भएको छ भने २२ अर्ब ७४ करोड बराबरको निर्यात भएको छ ।
त्यस्तै १० महिनामा सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ । यो अवधिमा १ खर्ब १५ अर्ब ६७ करोड बराबरको डिजेल ५६ अर्ब ८० करोड बराबरको पेट्रोल र ४६ अर्ब बराबरको खाना पकाउने ग्यास आयात भएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा...
काठमाडौं - चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत...
काठमाडौँ - नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश विद्युत निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५)...
काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर विश्वनाथ पौडेलले लगानी विस्तार गर्दै थप उद्यम तथा उद्यमीहरूको सृजनामा अघि बढ्न आइएमई समूहलाई आग्रह गर्नु भएको छ। शुक्रवार...
काठमाडौं - ग्लोबल आइएमई बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’ सुभारम्भ गरेको छ । काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका...