ताजा

  • शनिबार, २ असार, २०८१
  • ००:३३:०७
  • नेपालीको अभिमत

समाचार / पालिकाखबर

काठमाडौँ महानगरको सुन्दरतामा काम गर्न ११० जना परिचालन

नेपालमत

बुधबार, २ जेठ, २०८१

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले पार्क र ट्राफिक आइल्याण्डको सरसफाइ र सुन्दरताका लागि ११० जना जनशक्ति परिचालन गरेको छ ।

उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले ‘श्रम बैङ्क’ बाट श्रमिक लिएर परिचालन गरेको हो । । ‘श्रम बैङ्क’ ले आफूसँग सूचीकृत जनशक्तिमध्येबाट मागअनुसार पठाएको हो । 

महानगरपालिकाभित्र ११२ वटा पार्कको विवरण छ । यी पार्कको सफाइ र सुन्दरताका लागि काम गर्न १० जना रहेको १० वटा समूह बनाइएको छ ।

हरेक समूहलाई परिचालन गर्न १० जना नाइकेको व्यवस्था गरिएको छ । नाइकेहरुले वडासँग समन्वय गरेर काम सञ्चालन गर्नेछन् । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved