काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को नीति तथा कार्यक्रम संसद्मा पेस गरेको छ ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल संसद् भवन नयाँबानेश्वरमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
करिब दुई घण्टा लगाएर संसद्मा पेस भएको नीति तथा कार्यक्रममा अधिकांश विषय चालु आवकै दोहोरिएका छन् ।
राष्ट्रपति पौडेलले संसद्मा पेस गरेको नीति तथा कार्यक्रममा सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रमा ५ हजारलाई रोजगारी दिने, कृषि लगानी दशक घोषणादेखि पेट्रोलियम पदार्थ अन्वेषण, बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने, शिक्षकलाई मासिक तलब दिने लगायतसम्म घोषणा समेटिएका छन् ।
सरकारको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनमा टेबल हुन सकेन भने राष्ट्रपति पौडेललाई दिने भनिएको धन्यवाद प्रस्ताव समेत आजको दुवै सदनमा अगाडी बढ्न सकेन ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको नेपाली कांग्रेसले त्यसपछिका संसद् बैठक अवरुद्ध गरेपछि सरकारको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनमा टेबल हुन सकेन भने राष्ट्रपति पौडेललाई दिने भनिएको धन्यवाद प्रस्ताव समेत आजको दुवै सदनमा अगाडी बढ्न नसकेको हो ।
नीति तथा कार्यक्रम प्रस्तुतपछिको राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको कांग्रेसले प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध गरेको थियो ।
त्यस्तै प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै कांग्रेस सांसद्हरुले वेल घेरेर नाराबाजी गरेका थिए । सभामुख देवराज घिमिरे जबर्जस्ती बैठक संचालन गर्न खोजेको बुझेपछि कांग्रेसका सांसदहरु बैठक शुरु हुनासाथ नाराबाजी घेर्दै वेल घेर्न पुगेका थिए।
कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दैआएको आज राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्नदिने बाहेकका कार्यक्रम अवरोध गर्ने यस अघि नै जानकारी दिएको थियो ।
अब दुवै सदनको बैठक जेठ ३ गते बस्ने भएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
गैरआवासीय नेपाली संघ विश्वभर फैलिएका नेपालीहरूको साझा संस्था बन्ने उद्देश्यका साथ सन् २००३ मा स्थापित भएको हो । प्रवासी नेपालीहरुले गौरव गर्न लायक संस्थाको रुपमा...
शिक्षा र राजनीतिलाई एउटै विषयमा उल्लेख गर्नु हुँदैन । शिक्षा र राजनीति एक रथका दुई पांग्रा हुन् भन्न पनि सकिँदैन । वास्तवमा यी दुवैमा आकाश...
कहिले यस्तो Partnership देख्नु भएको छ, जहाँ ठूलो लगानीकर्ताले ३ कमाउदा सानो लगानीकर्ताले १०० कमाउने ? काठमाडौँ टावरमा काठमाडौँ महानगर ठूलो लगानीकर्ता हो । यसको पुर्ण...
खैरा छालाले अंग्रेजी वर्णमालामा लेखिएका तथ्याङ्क र त्यसका नतिजा सजिलै स्वीकार गर्ने तर आफ्नै भाषा र आफ्नै देशका लेखकहरूले लेखेका तथ्याङ्क र त्यसका नतिजाका बारेमा...
गएको हप्ता (उज्यालो अनलाइन लगायतका डिजिटल सञ्चारमाध्यमहरूले फागुन १७, २०८१ शनिबार) भारतको उत्तराखण्ड राज्यको चमोलीमा भएको हिमताल बिस्फोटको घटना र यसबाट भएको क्षतिको विवरणलाई काठमाडौंबाट...