काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले असंवैधानिकतवरले संसद्को विघटन लगायत अनेकौं काण्ड र महाकाण्ड गरे जस्तै अहिलेको कम्युनिस्ट गठबन्धन नेतृत्वको सरकार पनि महाकाण्ड गर्नतर्फ उन्मुख रहेको बताएका छन्।
लुम्बिनी प्रदेशको बुटवलमा बुधबार आयोजित नेपाल मुस्लिम संघको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै महरले कानुनी राज्यमा कुनै पनि सरकार कानुन अनुसार चल्नुपर्नेमा वर्तमान सरकारले कानुनी शासनको खिल्ली उडाइरहेको बताए।
‘वर्तमान गठबन्धनको सरकारले सहकारी ठगहरूलगायत विभिन्न गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई संरक्षण गर्न थालेको छ,’ उनले भने, ‘गठबन्धन सरकारमा संलग्न पार्टीका सदस्यले मात्रै न्याय पाउने र बाँकी जनता नागरिक होइनन् भन्ने मानसिकताबाट सरकार ग्रसित भएको देखिन्छ।’
नेता महरले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सबै सरकारी निकायमा आफ्नो पहुँच र हस्तक्षेप बढाए जसरी वर्तमान गठबन्धन सरकार पनि त्यस्तै बाटोमा अग्रसर भएको जिकिर गरे। उनले कांग्रेसले जनताको साथ लिँदै सरकारी अड्डा अदालतलाई वर्तमान गठबन्धनको अवैधानिक हस्तक्षेपबाट जोगाउन लाग्नुपर्ने धारणा राखे।
कांग्रेसकै नेतृत्वमा मुलुकमा पटक-पटक सकारात्मक परिवर्तन भएको र कांग्रेसकै नेतृत्वमा संविधान बनेको स्मरण गर्दै नेता महरले त्यसलाई समावेशी बनाउने तागत पनि कांग्रेसले नै देखाएको प्रस्ट पारे। नेपाली कांग्रेस नै यो देशको समावेशिता सहितको नेपाल निर्माण गर्ने पहिचानवादी पार्टी भएको उनको दाबी छ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - टोखा नगरपालिकाको वडा नम्बर ६ मा नेपाल महिला संघले सर्वसम्मत रुपमा नयाँ नेतृत्व छानेको छ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघको चौथो वडा...
काठमाडौं - कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहितका व्यक्तिविरूद्ध तीन अर्ब २१ करोड...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जारी संसद अधिवेसनवाट ६ बिधेयक पारित गर्न अनुरोध गरेका छन् । आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथी सांसदहरूले उठाएका प्रश्नको...
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आगामी चैत ५ गते निर्वाचन...
काठमाडौं - नेपाली कांग्रेसका ७७ जिल्लाका सभापति र उपसभापतिहरू पोखरामा भेला हुदैँछन् । पर्यटकीय नगरी पोखरामा माघ २२–२३ गते हुने प्रशिक्षण कार्यक्रममा उनीहरू सबै एकैपटक भेला हुन...