• बिहीबार, १३ बैशाख, २०८१
  • ०३:५८:२७
  • नेपालीको अभिमत

समाचार

विवाहमा दम्पतीले रोजे विमा उपहार

नेपालमत

सोमबार, २९ माघ, २०८०

नेपालगञ्ज - एक जोडीले आफ्नो विहेको दिन जिवन विमाको पोलिसी एक अर्कालाई उपहार दिएका छन् । 

ईटली वस्ने वर्दियाका मनोज कुमार चौधरी र स्टाफ नर्स अध्ययन पुरा गरेकी कैलालीकी किरणले विमा बारे सन्देश दिन भन्दै विहेकै दिन विमा गर्ने निर्णय गरेको बताएका छन् । 

उनीहरुले सुरक्षित भविस्य र जोखिम वहन सहितको हिमालयन धनसागर जीवन विमा पोलिसि एकले अर्कोलाई सोमबार विवाह मण्डपमै हस्तान्तरण गरेका थिए । कैलालीको भजनी स्थित दुलही किरणको घरमा स्वयम्वरका वेला एकले अर्कोलाई दुवो र फूलको माला, औंठी सँगै हिमालयन लाईफ इन्सुरेन्सको पैसा वचत र रोग चोट सहितको जोखिम हस्तान्तरण हुने विमा योजनाको वोन पेपर बुझाएका थिए । 

हिमालयन लाईफका सीओटी तथा वरिष्ठ एजेन्सी मेनेजर माधवराज अधिकारी, शाखा प्रमुख लाहनु थारू र समाजसेवी चन्द्र चौधरीले सामुहिक रूपमा उक्त विमा पोलिसी हस्तान्तर गरेका थिए ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved