काठमाडौं - नेपालमा अब अन्तर्राष्ट्रिय सीमाबाट ५ किलोमिटर दुरी भित्र क्यासिनो खोल्न नपाइने भएको छ ।
प्रतिनिधिसभाबाट बुधबार पारित भएको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० ले पर्यटन ऐन–२०३५ मा संशोधन गरेर यस्तो व्यवस्था ल्याएको हो ।
यो ऐनले क्यासिनो सञ्चालन इजाजतपत्र दिन सकिने मापदण्डमा अन्तर्राष्ट्रिय दुरी ५ किलोमिटर तोकेको छ । यसअघि यो दुरी तीन किलोमिटर मात्र थियो ।
यसैगरी क्यासिनो अब चारतारे र त्यसभन्दा माथिका होटलमा मात्र चलाउन पाइने छ ।
संशोधित प्रावधान अनुसार नयाँ नियम सुरू हुनुअघि तीन किलोमिटर भित्र कानुन अनुसार इजाजत पत्र लिएकाको हकमा निरन्तर चलाउन पाइने छ । तर, चारतारे वा त्यसभन्दा माथिका होटलमा मात्र चलाउन पाइने मापदण्ड पूरा नभएका क्यासिनोले भने यो स्तर र मापदण्ड पूरा गरी ५ किलोमिटर भित्र स्थानान्तरण गर्नुपर्ने समेत नियम बनेको छ ।
स्थानान्तरणका लागि तीन वर्षको समय दिइने छ । यस्तै नयाँ प्रावधान अनुसार एक कम्पनीलाई एकभन्दा बढी क्यासिनो इजाजत नदिइने भएको छ । यसैगरी क्यासिनोको इजाजतपत्रको अवधि एक वर्षको हुनेछ र इजाजतपत्र नवीकरण अवधि एक महिना बाँकी छँदै गर्नुपर्ने गरी प्रावधान राखिएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा...
काठमाडौं - चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत...
काठमाडौँ - नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश विद्युत निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५)...
काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर विश्वनाथ पौडेलले लगानी विस्तार गर्दै थप उद्यम तथा उद्यमीहरूको सृजनामा अघि बढ्न आइएमई समूहलाई आग्रह गर्नु भएको छ। शुक्रवार...
काठमाडौं - ग्लोबल आइएमई बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’ सुभारम्भ गरेको छ । काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका...