काठमाडौं - काठमाडौं जिल्ला अदालतले व्यवसायी अरुण चौधरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरी चाँदबाग विद्यालयका नाममा सारेको अभियोगमा बिहीबार प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो। उक्त प्रकरणको अनुसन्धानका लागि अदालतले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई चार दिन थुनामा राख्न अनुमति दिएको हो।
चौधरीको पक्राउ प्रति नीजि क्षेत्रले भने विरोध जनाएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले प्रेस विज्ञप्ति निकालेर घटनामा गम्भीर ध्यानाकर्षण भएको भन्दै सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटकपटक आग्रह गर्दै आएको सम्झाएको छ ।
यसैगरी व्यावसायी अरुण चौधरीलाई पक्राउ गरेकोमा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघले पनि असन्तुष्टि जनाएको छ।
परिसंघले बिहीबार पत्रकार सम्मेलन गर्दै सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कुनै सूचना नदिएको र अनुसन्धानका लागि समेत नबोलाइ पक्राउ गरेको भन्दै आपत्ति जनाएको हो।
परिसंघले कसूर प्रमाणित भए दोषी व्यक्ति कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा आफ्नो विमत्ति नरहेको उल्लेख गरेको छ।
यसैवीच बाँसबारीस्थित १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी चिरायु अस्पताल भर्ना भएका छन्।
काठमाडौँ जिल्ला अदालतले चौधरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। उनी अस्वस्थताको कारण देखाउँदै चिरायु अस्पताल भर्ना भएका हुन्।
उनलाई सीआईबीले बिहीबार काठमाडौँको लैनचौरबाट पक्राउ गरेको थियो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - भारतको अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान बिहीबार (जुन १२, २०२५) दिउँसो दुर्घटनामा परेको थियो। यस दुर्घटनामा मृत्यु हुनेको संख्यामा थप बृद्दी...
काठमाडौं - विशेष गरी यो गर्मिको मौसममा दिउँसोको चर्को घाममा अफिस वा बजारबाट फर्किंदा कडा टाउको दुख्ने, चक्कर लाग्ने र अन्योल महसुस हुन सक्छ ।...
के तपाईलाई थाहा छ संसारको सबैभन्दा पुरानो होटल करिब १४०० वर्ष पुरानो हो भन्ने ? विश्वास गर्न सक्नुहुन्न तर यो सत्य हो। विश्वको सबैभन्दा पुरानो...
क्यानडाका एक व्यापारी ब्लेक डिंकिनले एउटा अनौठो कफी आविष्कार गरेका छन्, जसको स्वाद अचम्मको हुन्छ तर यसको बनाउने विधि सुनेर तपाईको मुख भने तितो हुन...
काठमाडौं - सन् २०३५ सम्ममा खाद्यान्नको मूल्य दोब्बर हुने भएको छ। जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै गएकाले त्यसको असर कृषी तथा खाधान्नमा प्रत्यक्ष देखिएर कृषि संकट...