नेपालगञ्ज - नेपालगञ्जका फुटाहा सडक र पासाङ ल्हामु मार्गमा कालोपत्रे हुँदैछन् ।
दुवै सडक अस्फाल्ट प्रविधिबाट कालोपत्रे हुन लागेका हुन् । नेपालगञ्ज १९ फुटाहादेखि एसके डेरी उद्योगसम्म ३ सय ७५ मिटर दुरीमा ६ मिटर चौडा बाटो तथा सुर्खेतरोडदेखि टाँगा स्टेशन जोड्ने ५ सय ५० मिटर दुरीमा ८ मिटर चौडा पासाङ ल्हामु मार्ग अस्फाल्ट पीच गरिदैछ । यी दुबै सडक स्तरोन्नति कार्यको बुधबार मेयर प्रमुख प्रशान्त विष्टले सुभारम्भ गर्नुभएको छ ।
फुटाहा सडक लुम्बिनी प्रदेशको समपूरक बजेट र नेपालगञ्ज उपमहानगरपालिकाको संयुक्त लागतमा पीच हुन लागेको हो । ६० लाख बजेटमा बन्न लागेको उक्त सडक सात भाई निर्माण सेवासंगको ठेक्का सम्झौतामा असार १५ गतेभित्र सम्पन्न हुने इन्जिनियर ईश्वरी सापकोटाले जानकारी दिनुभयो ।
नगरस्तरीय ७५ लाख बजेटमा अस्फाल्ट पीच हुन थालेको पासाङ ल्हामु मार्ग असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी पिके कन्स्ट्रक्सनसंग ठेक्का सम्झौता गरिएको छ ।
यसैवीच नेपालगञ्जको बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको बागेश्वरी चिल्ड्रेन पार्कको सौन्दर्यकरण कार्य पनि सुरु भएको छ । मेयर विष्टले बुधबारनै एक कार्यक्रमका बीच पार्क सौन्दर्यकरण कार्यको सुभारम्भ गर्नुभएको छ । बागेश्वरी काल भैरव कन्स्ट्रक्सनले ३० लाख बजेटमा पार्कको वरिपरि पर्खाल निर्माण, माटो पटान, ग्राभेल लगायतका काम असार मसान्तसम्म गर्ने गरी सम्झौता भएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले त्यस क्षेत्रमा रहेका अस्थायी ब्यापारिक सटरहरु डोजर लगाएर भत्काएको थियो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
टोखा, काठमाडौं - टोखा नगरपालिकामा सामाजिक क्षेत्रमा सेवा गर्ने उद्देश्यका साथ स्थापित समृद्ध नारी मञ्चको दोस्रो साधारण सभा गरिएको छ । 'सबैका लागि समानता समृद्ध नारी मञ्चको प्रतिवद्धता' नाराका...
टोखा, काठमाडौं - टोखाको वडा नम्बर ६ ले सार्वजनिक सुनुवाई गरेको छ । वडाले सम्पादन गरेका विकास योजना र सेवा प्रवाहका बारेमा वडाबासीको गुनासो सम्बोधन गर्न...
काठमाडौं - यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ गतेसम्म मनसुन अवधि रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीका अनुसार...
काठमाडौं - टोखा नगरपालिका वडा नम्बर ६ ले आगामी आर्थिक वर्षका लागि योजना तय गर्न सुझाव संकलन गरिरहेको छ । यसैक्रममा शनिबार वडा कार्यालयमा नीतिगत सुझाव तथा...
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। पूर्वडीआइजी छविलाल जोशीसँगै लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सकिए पछि सर्वोच्चले रिहाईको...