सुर्खेत - कर्णाली प्रदेशमा बन्यजन्तु सम्बन्धि अपराध नियन्त्रणमा कृयाशील कर्मचारीहरुको क्षमतावृद्धिका लागि तालिम सुरु भएको छ ।
तालिममा कर्णाली प्रदेश अन्तर्गत डिविजन बन कार्यालय सुर्खेतका ६ जना, जुम्लाका ३ जना , जाजरकोटका २ जना, सल्यानका ३ जना, भेरीका २ जना र डिविजन बन कार्यालय कालिकोट, दैलेख, डोल्पा, हुम्ला तथा मुगुका एक/एक जना, प्रदेश बन निर्देशनालय सुर्खेतका ४ जना समेत २५ जना सहभागि छन् ।
विरेन्द्रनगरमा भैरहेको बन्यजन्तु अपराध नियन्त्रण र कानुन कार्यान्यन सम्बन्धि तीन दिने आधारभूत तालिममा अग्रपन्थीमा काम गर्ने कर्मचारीहरुको सहभागिता छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको आयोजनामा सुरु गरिएको आवासिय तालिमको प्रमुख उद्देश्य अग्रपंक्तिमा खटिने कर्मचारीको कार्यदक्षता बढाउने रहेको छ । तालिम शुभारम्भ कार्यक्रममा बोल्दै प्रदेश बन निर्देशक गोविन्दप्रसाद दाहालले तालिमबाट बन र बन्यजन्तु सम्बन्धि घटनाको मुद्दाहरुको अनुसन्धानमा कार्य कुशलता बढ्ने अपेक्षा गर्नु भयो ।
तालिम गैरकानुनी रुपमा बन्यजन्तु अपराधमा संलग्न हुने अपराधी र अपराधलाई निरुत्साहित गर्न प्रभावकारी हुने विश्वास रहेको तालिम संयोजक राष्ट्रिय प्रकृति संरक्षण कोषका उमेश पौडेलले बताउनु भयो ।
कार्यक्रममा कानुनको बिषयका विज्ञहरु श्रोत ब्यक्ति रहेका छन् । आइतबारबाट सुरु भएको तालिम मंगलबार सकिनेछ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
टोखा, काठमाडौं - टोखा नगरपालिकामा सामाजिक क्षेत्रमा सेवा गर्ने उद्देश्यका साथ स्थापित समृद्ध नारी मञ्चको दोस्रो साधारण सभा गरिएको छ । 'सबैका लागि समानता समृद्ध नारी मञ्चको प्रतिवद्धता' नाराका...
टोखा, काठमाडौं - टोखाको वडा नम्बर ६ ले सार्वजनिक सुनुवाई गरेको छ । वडाले सम्पादन गरेका विकास योजना र सेवा प्रवाहका बारेमा वडाबासीको गुनासो सम्बोधन गर्न...
काठमाडौं - यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ गतेसम्म मनसुन अवधि रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीका अनुसार...
काठमाडौं - टोखा नगरपालिका वडा नम्बर ६ ले आगामी आर्थिक वर्षका लागि योजना तय गर्न सुझाव संकलन गरिरहेको छ । यसैक्रममा शनिबार वडा कार्यालयमा नीतिगत सुझाव तथा...
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। पूर्वडीआइजी छविलाल जोशीसँगै लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सकिए पछि सर्वोच्चले रिहाईको...