नेपालगञ्ज - बन्यजन्तु सम्बन्धि अपराध नियन्त्रण र कानुन कार्यान्वयनका क्षेत्रमा अग्रपङ्तिमा रहेर कार्य गर्ने कर्मचारीहरुका लागि आइतबारदेखि गाभरमा तालिम सुरु भएको छ ।
बन्यजन्तु अपराध नियन्त्रण र कानुन कार्यान्यन सम्बन्धि तीन दिने आधारभूत तालिममा बाँके राष्ट्रिय निकुन्जका १५ जना, बाँके डिभिजन बनका ८ जना र बर्दिया डिभिजन बनका २ जना गरी २५ जना कर्मचारी सहभागि छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया र बाँके राष्ट्रिय निकुन्जको आयोजना तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको आर्थिक सहयोगमा आवासिय रुपमा तालिम सुरु गरिएको हो । बाँके राष्ट्रिय निकुन्जका वरिष्ठ प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले बन र बन्यजन्तु सम्बन्धि घटनाका मुद्दाहरुको अनुसन्धानमा अग्रपङ्तिमा खटिने कर्मचारीहरुको थप कार्य कुशलता बढाउने उद्देश्यले तालिन दिन थालिएको बताउनु भयो ।
अग्रपङ्तिमा रहने कर्मचारीको कानुनी कुशलता र कानुनी प्रक्रियामा गुणस्तरीय क्षमता प्रदर्शनले गैरकानुनी रुपमा बन्यजन्तु अपराधमा संलग्न हुने अपराधी र अपराधलाई निरुत्साहित गर्न सकिने अपेक्षा रहेको तालिम कार्यक्रम संयोजन गर्नु भएका राष्ट्रिय प्रकृति संरक्षण कोषका उमेश पौडेलले बताउनु भयो ।
कार्यक्रममा कानुनको बिषयका विज्ञहरु श्रोत ब्यक्ति रहेका छन् ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
टोखा, काठमाडौं - टोखा नगरपालिकामा सामाजिक क्षेत्रमा सेवा गर्ने उद्देश्यका साथ स्थापित समृद्ध नारी मञ्चको दोस्रो साधारण सभा गरिएको छ । 'सबैका लागि समानता समृद्ध नारी मञ्चको प्रतिवद्धता' नाराका...
टोखा, काठमाडौं - टोखाको वडा नम्बर ६ ले सार्वजनिक सुनुवाई गरेको छ । वडाले सम्पादन गरेका विकास योजना र सेवा प्रवाहका बारेमा वडाबासीको गुनासो सम्बोधन गर्न...
काठमाडौं - यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ गतेसम्म मनसुन अवधि रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीका अनुसार...
काठमाडौं - टोखा नगरपालिका वडा नम्बर ६ ले आगामी आर्थिक वर्षका लागि योजना तय गर्न सुझाव संकलन गरिरहेको छ । यसैक्रममा शनिबार वडा कार्यालयमा नीतिगत सुझाव तथा...
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। पूर्वडीआइजी छविलाल जोशीसँगै लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सकिए पछि सर्वोच्चले रिहाईको...