काठमाडौं - पुराना खेलकर्मी तथा मिस नेपालको आयोजक हिडन ट्रेजरका पूर्वअध्यक्ष सुवर्ण क्षेत्रीको संस्मरण पुस्तक सपना, विश्वास र अठोट बिहिबार काठमाडौँमा लोकार्पण भएको छ ।
पुस्तकमा खेल पत्रकारिता, नेपाली खेलकुद्, जेसिज यात्रा र मिस नेपाल प्रतियोगिताको संस्थापकका रुपमा उहाँका अनुभवहरु प्रस्तुत गरिएको छ । नेपालले पहिलो पदक जितेको अन्र्तराष्ट्रिय प्रतियोगिता एसियाली खेलकुद (एसियाड) मा सेभ दि मिसन हुँदाको अनुभवलाई पनि पुस्तकमा समेटिएको छ ।
क्रियटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको आत्मकथा उद्योगपति एवं साहित्यकार बसन्त चौधरी, प्रथम मिस नेपाल रुबी राणा, जेसिज नेपालका पूर्वअध्यक्ष गजेन्द्र श्रेष्ठ, वरिष्ठ पत्रकार पी खरेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वकोषाध्यक्ष विष्णुगोपाल श्रेष्ठ, प्रकाशक टीएस ठकुरी र पुस्तकका सम्पादक जनक नेपालले संयुक्त रुपमा विमोचन गर्नु भयो ।
कार्यक्रममा क्षेत्रीले आफ्नो जीवनको उतारचढावलाई पुस्तकमा समेटिएको बताउनु भयो ।
नेपाली खेलाडीको आत्मकथा ‘ओलम्पियन’बाट प्रकाशन आरम्भ गरेको क्रियटिभ बुक्सको यो १२ औं पुस्तक भएको प्रकाशक टीएस ठकुरीको भनाई छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
टोखा, काठमाडौं - टोखा नगरपालिकामा सामाजिक क्षेत्रमा सेवा गर्ने उद्देश्यका साथ स्थापित समृद्ध नारी मञ्चको दोस्रो साधारण सभा गरिएको छ । 'सबैका लागि समानता समृद्ध नारी मञ्चको प्रतिवद्धता' नाराका...
टोखा, काठमाडौं - टोखाको वडा नम्बर ६ ले सार्वजनिक सुनुवाई गरेको छ । वडाले सम्पादन गरेका विकास योजना र सेवा प्रवाहका बारेमा वडाबासीको गुनासो सम्बोधन गर्न...
काठमाडौं - यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ गतेसम्म मनसुन अवधि रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीका अनुसार...
काठमाडौं - टोखा नगरपालिका वडा नम्बर ६ ले आगामी आर्थिक वर्षका लागि योजना तय गर्न सुझाव संकलन गरिरहेको छ । यसैक्रममा शनिबार वडा कार्यालयमा नीतिगत सुझाव तथा...
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। पूर्वडीआइजी छविलाल जोशीसँगै लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सकिए पछि सर्वोच्चले रिहाईको...