नेपालगञ्ज - पश्चिम नेपालको खेल–पर्यटनको प्रर्वधन गरिरहेको नेपालगन्ज म्याराथनले यस वर्षदेखि म्याराथन सँगै 'नेपालगन्ज कन्क्लेभ' आयोजना गर्ने भएको छ ।
म्याराथनको बौद्धिक वार्मअपका रुपमा आयोजना हुने कन्क्लेभमा खेलकुद मात्र नभई समाज, अर्थ–राजनीति, साहित्य र सम्भावनाको विचार विमर्श हुने आयोजकले निकालेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
८ मंसिर २०८० मा कन्क्लेभ आयोजना हुनेछ भने ९ मंसिरमा म्याराथनको नवौं संस्करण हुनेछ ।
कन्क्लेभ २०२३ मा उद्यमशीलता, खेलकुद्, महिला सशक्तिकरण, साहित्य, युवा रोजगारलगायत विविध विषयका ६ वटा सत्र हुने निर्देशक जनक नेपालले जानकारी दिनुभयो ।
कन्क्लेभका सत्रहरुः
पश्चिम नेपाल : उद्यमशीलता, पर्यटन र रोजगारी
प्रदीप छाजेड (सिइओ,केएल दुगड ग्रुप)
दीपकराज जोशी (पुर्व सिइओ, नेपाल पर्यटन बोर्ड, कार्यकारी निर्देशक ः नेपाल उद्योग परिसंघ)
गोपी हमाल, मेयर धनगढी उपमहानगरपालिका
सेवा पाठक, सिइओ : भायानेट
मोडरेटर : डा. ओम मिश्र (प्रबन्ध निर्देशक, मेरो प्लानेट)
खेलकुदसँग टुटेको कडी : शिक्षा, स्वास्थ्य र खेलकुद
चुडामणि पौडेल (प्रमुख सचिव, कर्णाली प्रदेश)
शशी स्वाँर (स्कुल सञ्चालक, एबीसी स्कुल)
डा विकास नेपाल (मुटुरोग विशेषज्ञ)
सन्तोषी श्रेष्ठ (एथलिट, स्वर्ण पदक विजेता १३ औं दक्षिण एशियाली खेलकुद)
मोडरेटर : प्रकाश तिमल्सिना (सम्पादक हाम्रो खेलकुद डट कम)
आकाश धर्ती बराबरी : महिला सशक्तीकरण
क्या. भावना पन्त (नेपाल एयरलाइन्स अन्तर्राष्ट्रिय उडानमा पहिलो पाइलट)
पूर्णिमा श्रेष्ठ (पर्वतारोही, सगरमाथा, माउन्ट केटु, धौलागिरी, अन्नपुर्ण, अमादब्लम, मनास्लु)
श्रृच्छा प्रधान (मिस नेपाल वल्र्ड २०२३)
पार्वती थापा (पहिलो नेपाली महिला ओलम्पियन)
मोडरेटरः मोहना अन्सारी (पुर्व सदस्य, राष्ट्रिय मानव अधिकार आयोग)
नेपाली आख्यान : के पढ्ने के लेख्ने
नयनराज पाण्डे (साहित्यकार लेखक– उलार, यार, सल्लीपिर)
सुविन भट्टराई (साहित्यकार, लेखक–समर लभ, साया, सुफी, इजोरिया)
विवेक ओझा (साहित्यकार, लेखक– ऐंठन(मदन पुरस्कार विजेता)
सुरक्षा पन्त (अभिनेत्री)
मोडरेटर : जनक नेपाल (सम्पादक, शिलापत्र डट कम)
स्वदेशमै सम्भव छ : युवा उद्यम र रोजगार
उपासना पौडेल (सिइओ, हिमालय रिइन्स्योरेन्स)
सहारा जोशी (अध्यक्ष, युवा उद्यमी संघ)
तिर्थ थापा (डाइरेक्टर, डल्फिन ग्रुप)
सचिन ढकाल (आईएमइ ग्रुप)
मोडरेटर : डा. नितेश कनोडिया (निर्देशक, नेपालगन्ज मेडिकल कलेज)
अभिनेता राजेश हमालसँग संवादः समाज, सिनेमा र साहित्य
मोडरेटर : केशव सिग्देल (सहप्राध्यापक, त्रिभुवन विश्वविद्यालय)
क्रियटिभ ह्याण्ड्स आयोजक रहेको कन्क्लेभमा नेपाली युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टरले सहआयोजकका रुपमा सहकार्य गरेको नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले जानकारी दिनुभयो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - खेलकुद सम्बन्धि बहस छलफल बिरलै भइरहेका बेला आउँदो जेठ अन्तिम साता काठमाडौंमा पहिलोपटकल अन्तर्राष्ट्रियस्तरको दौड सम्मेलन हुने भएको छ । जेठ २३ गते शुक्रवार...
नेपालगन्ज - नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को दूत नियुक्त भएका छन् । एम्सका नवनिर्वाचित अध्यक्ष...
काठमाडौँ - जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ८० देशले पदक जितेका छन् । बुधबार सम्पन्न खेलपछि ५३ देशले स्वर्ण पदक जितेका छन् भने कुल ८० देशले पदक जितेका छन् । पदक तालिकामा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ भने चीन २५ स्वर्ण, २३ रजत र १७ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै...
काठमाडौँ - अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । सोमबार बिहान सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १-० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिकाको उपाधि जितेको हो । निर्धारित ९० मिनेटको समयमा दुवै देशले कुनै गोल गर्न नसकेपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । खेलको ११२औ मिनेटमा लाउतारो मार्टिनेजले गरेको गोल नै खेलको निर्णयाक गोल बनेको थियो । यस खेलमा घाइते भएपछि लियोनेल...
काठमाडौं - फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज नेपालले युएईविरुद्ध खेल्ने तालिका रहेको छ । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को दोश्रो चरणको छनौट खेल जुन ६ मा युएईविरुद्ध र यमनसँग जुन ११ मा खेल्ने तालिका रहेको छ । घरेलु मैदानमा खेल्नुपर्ने यी खेल दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने नभएपछि 'न्युट्रल भेन्यू'...