नेपालगन्ज - नेपालगन्ज उपमहानगरपालिकाले रातो नम्बर प्लेटका इ-रिक्सालाई यात्रु बोक्न प्रतिबन्ध लगाउने भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सरोकारवालाबीचको वैठकमा निजी प्रयोजनका लागि खरिद गरिएका रातो नम्बर प्लेटका इ-रिक्सामा यात्रु बोक्ने क्रम बढेपछि अबदेखि यात्रु बोक्न प्रतिबन्ध लगाइने सहमति भएको हो ।
रातोलाई कालो नम्बर प्लेट बनाउन लगाउने र त्यसका लागि १५ दिने सूचना जारी गर्ने निर्णय गरिएको मेयर प्रशान्त विष्टले बताउनुभयो ।
यस्तै नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र पर्ने इ-रिक्सा चलाउने अधिकांश चालकहरुले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) विना नै इ रिक्सा चलाइरहेकले ती चालकलाई लाइसेन्स दिलाउनका लागि नेपालगन्ज उपमहानगरपालिका, यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी लगायत सम्पूर्ण सरोकारवालाको समन्वयमा सहजीकरण गरिदिने निर्णय भएको छ ।
रातो नम्बर प्लेटका इ-रिक्सालाई कालो नगराएको अवस्थामा प्रचलित कानुन बमोजिम कार्वाही गरिने निर्णय समेत भएको मेयर विष्टले बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिकामा हाल २ हजार ८ सय इ-रिक्सा मात्र सूचीकृत भएका छन् ।
वैठकमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरा, ट्राफिक प्रहरी प्रमुख गोपीचन्द्र सुवेदी, यातायात व्यवस्था कार्यालयका प्रतिनिधि, नेपालगन्ज उद्योग बाणिज्य संघका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि लगायत सरोकारवालाको सहभागिता थियो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
टोखा, काठमाडौं - टोखा नगरपालिकामा सामाजिक क्षेत्रमा सेवा गर्ने उद्देश्यका साथ स्थापित समृद्ध नारी मञ्चको दोस्रो साधारण सभा गरिएको छ । 'सबैका लागि समानता समृद्ध नारी मञ्चको प्रतिवद्धता' नाराका...
टोखा, काठमाडौं - टोखाको वडा नम्बर ६ ले सार्वजनिक सुनुवाई गरेको छ । वडाले सम्पादन गरेका विकास योजना र सेवा प्रवाहका बारेमा वडाबासीको गुनासो सम्बोधन गर्न...
काठमाडौं - यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ गतेसम्म मनसुन अवधि रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीका अनुसार...
काठमाडौं - टोखा नगरपालिका वडा नम्बर ६ ले आगामी आर्थिक वर्षका लागि योजना तय गर्न सुझाव संकलन गरिरहेको छ । यसैक्रममा शनिबार वडा कार्यालयमा नीतिगत सुझाव तथा...
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। पूर्वडीआइजी छविलाल जोशीसँगै लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सकिए पछि सर्वोच्चले रिहाईको...