नेपालगञ्ज - नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटै वडा डिजिटलाइज भएका छन् । वडाहरुबाट हुने सार्वजनिक सेवालाई छिटोछरितो र सेवाग्राहीमैत्री बनाउन डिजिटलाइजेशन गरिएको उपमहानगरले जनाएको छ ।
सार्वजनिक सेवाहरुको डिजिटलाइजेशनका लागि घर नम्बर प्रणाली, कागजात व्यवस्थापन प्रणाली तथा एकीकृत मोबाइल एपको शुभारम्भ गरिएको छ । मेयर प्रशान्त विष्टले विहिबार घर नम्बर प्रणाली, कागजात व्यवस्थापन प्रणाली तथा एकीकृत मोबाइल एपको शुभारम्भ गर्नुभएको थियो । जिआइजेडको सहयोगमा वडाहरुबाट प्रवाह हुने सेवालाई डिजिटलाइज गरिएको हो ।
सूचना प्रविधि शाखा प्रमुख इन्जिनियर घनश्याम बर्माका अनुसार वडा नम्बर १, ४, १२ र २० मा सार्वजनिक सेवालाई छिटोछरितो र सेवाग्राहीमैत्री बनाउन डिजिटलाइजेशन गरिएको थियो । यी वडाहरुमा यी सेवा प्रभावकारी देखिएपछि सबै वडामा विस्तार गरिएको हो ।
सेवा शुभारम्भ गर्दै मेयर विष्टले डिजिटलाइजेशनपछि अब हरेक वडामा जनताले छिटोछरितो र सहजरुपमा सेवा पाउने बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकालाई ‘पेपरलेस’ बनाउने अभियान अन्तर्गत वडाहरुको डिजिटलाइजेशन भएको बताउँदै उहाँले प्रविधिको क्षेत्रमा यो अर्को फड्को भएको उल्लेख गर्नुभयो ।
उपमेयर कमरुद्दिन राईले उपमहानगरपालिकाले प्रवाह गर्ने सेवा डिजिटलाइज भएपछि आमनागरिकका लागि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन र वडा नम्बर २० का वडा अध्यक्ष कौशलकुमार धोबीले आ–आफ्नो वडाको अनुभव सुनाउँदै डिजिटल साक्षरता भएका नागरिकका लागि यी सेवा अत्यन्त उपयोगी भएपनि डिजिटल निरक्षता भएकाहरुको पहुँचमा पुर्याउन चुनौतिपूर्ण रहेको बताउनु भयो।
नेपालगञ्ज उपमहानगरपालिकाले यसअघि नै २३ वटै वडामा इन्टरनेटको पहुँच, अनलाइन सिफारिस प्रणाली, फ्रि–वाइफाई, सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली ‘इएफटी’ मार्फत वितरण शुरु गरेको थियो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात् बैंकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय...
काठमाडौं - भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार र कर छलीमा संलग्न २१ जना मनी ट्रान्सफर सञ्चालक पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोले १७ अर्ब ८६ करोड...
काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै आफ्नो आम्दानीको केही अंश नेपालमा लगानीका लागि वैदेशिक रोजगारीमा रहेका...
काठमाडौं - बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि आज राष्ट्र बैंकले ३० अर्ब निकाल्दैँछ । बुधबार ३० अर्ब रुपैयाँ झिक्नका लागि राष्ट्र बैंकले...
काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी 'ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन' आयोजना गर्ने भएको छ । बैंकले प्रविधिमा रुची...