काठमाडौं - भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले जाजरकोट र रूकुम पश्चिममा आएको भूकम्प क्षेत्रका पीडितका लागि १० लाख रूपियाँ राशि सहयोग प्रदान गरेको छ ।
भूपालमानसिंह कार्की प्रज्ञापरिषद्का कोषाध्यक्ष प्रा.डा. बालमानसिंह कार्कीले मंगलबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई १० लाख रूपियाँ राशिको चेक हस्तान्तरण गर्नुभएको छ ।
जनरल भूपालमानसिंह कार्कीबाट २०५२ सालमा एक करोड रुपियाँ राशिको भूपालमानसिंह कार्की प्रज्ञापरिषद्को स्थापना भएको थियो ।
स्थापनाकालदेखि निरन्तर एक दशकसम्म भूपाल प्रज्ञापरिषद्ले पाँच लाख रूपियाँ राशिको सार्क स्तरीय भूपालप्रज्ञा पुरस्कार लगायत साहित्य, कला, धर्मसंस्कृति, समाजसेवा, शिक्षा, खेलकुद आदि क्षेत्रमा वर्षेनी एक दर्जन पुरस्कार समर्पण गर्दै आएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
टोखा, काठमाडौं - टोखा नगरपालिकामा सामाजिक क्षेत्रमा सेवा गर्ने उद्देश्यका साथ स्थापित समृद्ध नारी मञ्चको दोस्रो साधारण सभा गरिएको छ । 'सबैका लागि समानता समृद्ध नारी मञ्चको प्रतिवद्धता' नाराका...
टोखा, काठमाडौं - टोखाको वडा नम्बर ६ ले सार्वजनिक सुनुवाई गरेको छ । वडाले सम्पादन गरेका विकास योजना र सेवा प्रवाहका बारेमा वडाबासीको गुनासो सम्बोधन गर्न...
काठमाडौं - यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ गतेसम्म मनसुन अवधि रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीका अनुसार...
काठमाडौं - टोखा नगरपालिका वडा नम्बर ६ ले आगामी आर्थिक वर्षका लागि योजना तय गर्न सुझाव संकलन गरिरहेको छ । यसैक्रममा शनिबार वडा कार्यालयमा नीतिगत सुझाव तथा...
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। पूर्वडीआइजी छविलाल जोशीसँगै लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सकिए पछि सर्वोच्चले रिहाईको...