काठमाडौं - यस वर्षको तिहारको भाइटीकाको शुभसाइत सार्वजनिक गरिएको छ । आज नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नेपालको र अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विश्वभरको शुभसाइत सार्वजनिक गरेका हुन् ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सोमबार विज्ञप्ति निकालेर विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरुका लागि अन्तर्राष्ट्रिय साइत सार्वजनिक गरेको जनाएको छ । समितिका सभापति प्रा.डा. माधव भट्टराईका अनुसार नेपालमा भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेटमा रहेको छ ।
यस्तै भारतमा नोभेम्बर १५ को ११ बजेर ५ मिनेटमा उत्तम साइत निकालिएको छ ।
सबै देशको साइतको विवरणका लागि विज्ञप्तिमा हेर्नुहोस्-
उत्तम साइत यो रहे पनि भाइटीकाको दिन जुकसुकै बेला टीका लाउन कुनै बाधा नरहेको भट्टराईको भनाइ छ ।
यसैवीच नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १० बजेर ५१ मिनेटमा शुभ रहेको जनाएको छ। दिनभर टिका लाउन सकिने भए पनि राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको समितिले जनाएको छ।
पाँच दिनसम्म मनाइने तिहार कात्तिक २५ गते शनिबारदेखि सुरु हुनेछ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
टोखा, काठमाडौं - टोखा नगरपालिकामा सामाजिक क्षेत्रमा सेवा गर्ने उद्देश्यका साथ स्थापित समृद्ध नारी मञ्चको दोस्रो साधारण सभा गरिएको छ । 'सबैका लागि समानता समृद्ध नारी मञ्चको प्रतिवद्धता' नाराका...
टोखा, काठमाडौं - टोखाको वडा नम्बर ६ ले सार्वजनिक सुनुवाई गरेको छ । वडाले सम्पादन गरेका विकास योजना र सेवा प्रवाहका बारेमा वडाबासीको गुनासो सम्बोधन गर्न...
काठमाडौं - यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ गतेसम्म मनसुन अवधि रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीका अनुसार...
काठमाडौं - टोखा नगरपालिका वडा नम्बर ६ ले आगामी आर्थिक वर्षका लागि योजना तय गर्न सुझाव संकलन गरिरहेको छ । यसैक्रममा शनिबार वडा कार्यालयमा नीतिगत सुझाव तथा...
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। पूर्वडीआइजी छविलाल जोशीसँगै लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सकिए पछि सर्वोच्चले रिहाईको...