भुकम्प ज्ञाता आमोदमणी दिक्षितले सामाजिक सञ्जालमा लेख्दै दिएका का ५ टिप्स यस्ता छन् -
१. २०७२ सालको गोर्खा भूकम्पमा भएका मृत्यु मध्ये ९८ प्रतिशत भैंचालोको केही मिनेटमै भैसकेको थियो भन्ने तथ्य छ।
२. भैंचालोको घटना पश्चात २४ घण्टाभित्र उद्धार गरि सक्नु पर्छ, त्यसपछि जिवित उद्धारको सम्भावना प्रत्येक दिन क्रमशः घटदै जान्छ। यद्यपि बिरलै १० वा १५ वा २५ दिन पछि पनि भग्नावशेषबाट जीवित उद्धार गरिएका समाचार सुनिएकै हो, तथापि सामान्यतया १० दिनमा उद्धारका प्रयास रोक्ने कठोर निर्णय लिने गरेको देखिन्छ।
३. अर्थात, भूकम्प गएको पहिलो २४ घण्टा उद्धार र उद्धार गरिएकाको प्राथमिक वा अन्य चिकित्सा नै पहिलो प्राथमिकता हुनु पर्छ। दोस्रो प्राथमिकता भनेको गाँस, वास, र कपासको व्यवस्था जोहो गर्नु पर्छ। तेस्रोमा, प्रभावित भएकाहरूलाई मानसिक, हार्दिक सान्त्वना र ढाढस उत्साह बढाउने काम गर्न पर्छ (सामाजिक, धार्मिक तथा सर्वमान्य नेता वा दार्शनिकहरूले त्यस्तो काम गर्न सक्छन् त्यो पनि स्थानीयहरूले मात्र) ।
४. तसर्थ, भूकम्प पछिका घण्टाहरूमा खोजतलाश गर्न तालिम पाएका उद्धारक, प्राथमिक उपचार गर्न दक्ष स्वास्थ्य परिचारक तथा स्वयंसेवकहरूको परिचालन गर्नु बुद्धिमानी हुन्छ। साथै, गाँस, बास र कपास पुर्याउने व्यक्ति र संस्थाहरूलाई प्रभावित क्षेत्रमा काम गर्न दिनु पर्छ। यि र यस्ता अत्यावश्यक कामगर्ने र सामाग्री पुर्याउने बाहेक अरूलाई प्रभावित क्षेत्रमा प्रवेश निषेध गर्नु पर्छ, उद्धार अवधि नटुङ्गिएसम्म। अपवादमा मुलुकका लब्धप्रतिष्ठ वैज्ञानिक, सुरक्षा निकायका नेत्रृत्व पर्छन्। यी बाहेक, अरूको प्रकोप पर्यटनलाई निषेध नै गर्न पर्छ।
५. सन् १९९३ मा भएको ठूलो बाढीका बेलामा तत्कालीन राजनीतिक नेताहरूले राजनीतिक ब्याज र मुनाफा आर्जन गर्ने उद्देश्यले गरेका भ्रमणहरू सार्है प्रत्युत्पादक भएका थिए भन्ने तथ्य अहिले झल्झल्ती सम्झन्छु।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - काठमाडौं उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका २०ओटा दुई पाङग्रे सवारी साधन (मोटरसाईकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार...
काठमाडौँ - काठमाडौँको हाँडीगाउँका केही सडकहरुलाई एकतर्फी गरिएपछि आवागमनसँगै स्थानीय जनजीवनमा सहजता आएको छ । वडाध्यक्ष वीरेन्द्र प्रजापतीका अनुसार योजना कार्यान्वयनमा आएसँगै यसको प्रभाव विश्लेषण गर्न...
काठमाडौं - उडिसाको विश्वविद्यालय केआइआइटीमा अध्ययनरत् नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि त्यहाँबाट ७५ जना विद्यार्थी फर्केका छन्। बुटवलकी २० वर्षीया लम्सालको आइतबार साँझ हत्या भएपछि केआइटिसीमा...
कास्की - कास्कीका ‘ट्यापे-मुन्द्रे’लाई लक्षित गरी प्रहरीले उनीहरूका मोटरसाइकल नियन्त्रणमा लिन थालेको छ। सहरमा आफ्नो रवाफ देखाउन ‘ट्यापे-मुन्द्रे’हरू मोटरसाइकलको स्वरुप परिवर्तन गर्छन् र चर्को आवाज दिँदै गल्ली,...
खाना छिटो पकाउन भान्सामा विभिन्न उपकरणहरू प्रयोग गरिन्छ। यसमा कुकर यस्तो उपकरण हो, जसको बिना भान्साको काम गर्न गाह्रो देखिन्छ। चाहे आलु उमाल्ने होस् वा...