काठमाडौं – जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रबार राति आएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या एक सय ५७ पुगेको छ।
गृहमन्त्रायले जनाए अनुसार शनिबार बेलुकासम्म जाजरकोटमा एक सय ५ र रूकुम पश्चिममा ५२ जनाले ज्यान गुमाएका छन् भने ३ सय ७५ जना घाइते भएका छन्।
गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार अहिलेसम्म राहत अन्तर्गत जाजरकोटमा ५ सय त्रिपाल, ५० स्लिपिङ ब्याग र एक सय थान ब्ल्यांकेट वितरण गरिएको छ। त्यस्तै रूकुमपश्चिममा पनि एक सय त्रिपाल, ५० स्लिपङ ब्याग र एकसय थान ब्ल्यांकेट वितरण भएको छ।
भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहतका लागि नेपाली सेनाका एक सय ८४, नेपाल प्रहरीका ८ सय २७ र सशस्त्र प्रहरी बलका ३ सय २८ जनशक्ति परिचालन भएको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडामा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प भएको थियो। घाइतेहरूको उद्धार गरी जाजरकोट, सुर्खेत, बाँके तथा काठमाडौँका अस्पतालमा उपचार भइरहेको छ । भुकम्पबाट नीजि र सरकारी धनजनको क्षति भएको छ ।
जाजरकोट भुकम्पका घाइतेको भेरी अस्पताल, नेपालगञ्जमा उपचार हुँदै । तस्वीर : कृष्णा पाठक
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
टोखा, काठमाडौं - टोखा नगरपालिकामा सामाजिक क्षेत्रमा सेवा गर्ने उद्देश्यका साथ स्थापित समृद्ध नारी मञ्चको दोस्रो साधारण सभा गरिएको छ । 'सबैका लागि समानता समृद्ध नारी मञ्चको प्रतिवद्धता' नाराका...
टोखा, काठमाडौं - टोखाको वडा नम्बर ६ ले सार्वजनिक सुनुवाई गरेको छ । वडाले सम्पादन गरेका विकास योजना र सेवा प्रवाहका बारेमा वडाबासीको गुनासो सम्बोधन गर्न...
काठमाडौं - यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ गतेसम्म मनसुन अवधि रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीका अनुसार...
काठमाडौं - टोखा नगरपालिका वडा नम्बर ६ ले आगामी आर्थिक वर्षका लागि योजना तय गर्न सुझाव संकलन गरिरहेको छ । यसैक्रममा शनिबार वडा कार्यालयमा नीतिगत सुझाव तथा...
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। पूर्वडीआइजी छविलाल जोशीसँगै लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सकिए पछि सर्वोच्चले रिहाईको...