एजेन्सी- सिक्किममा आएको बाढीका कारण अहिलेसम्म ४१ जनाको मृत्यु भएको छ ।
करिब १२ सय घर डुबानमा परेका छन् । जबकी १५ सैनिकसहित १०३ जनाको अझै पनि खोजी भइरहेको छ ।
विपद्को तेस्रो दिन पनि भग्नावशेष र माटोमा फसेका मानिसहरूलाई उद्धार गर्न उद्धार टोली खटिरहेको अधिकारीहरूले बताएका छन्। यस प्राकृतिक प्रकोपमा करिब २५ हजार मानिस प्रभावित भएका छन् ।
इन्डियन एक्सप्रेसले आफ्नो रिपोर्टमा मुख्यमन्त्री पीएस तामाङलाई उद्धृत गर्दै सिक्किममा हालसम्म १९ शव फेला पारेको जनाएको छ । यसबाहेक उत्तर बंगालका तल्लो जिल्लाहरूमा २२ शव भेटिएको अधिकारीहरूले बताएका छन्। उनले २६ जना अस्पतालमा भर्ना रहेको र करिब १५०० जना राहत शिविरमा रहेको बताए ।
सिक्किममा आएको बाढीबाट भारतीय सेनाका जवान पनि प्रभावित भएका छन् । टिस्टा ब्यारेजको तल्लो भागमा बेपत्ता भएका १५ सैनिकको खोजी भइरहेको छ । ती मध्ये सातजनाको शव भर्खरै भेटिएको थियो । सिङताम नजिकै बर्दाङको घटनास्थलमा सेनाका गाडी र पसल खनिएको को छ । खोजी कार्यमा सहयोग गर्न सेनासँग आबद्ध संस्था ट्रिकोलर माउन्टेन रेस्क्यू (टीएमआर) स्निफर डग र विशेष राडारको थप टोली खटाइएको छ।
पश्चिम बंगालको जलपाईगुडी जिल्लाको टिस्टामा तैरिरहेको मोर्टार छोएर दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । यसपछि प्रहरी, सेना र प्रशासनले विज्ञप्ति जारी गरी कुनै पनि विष्फोटक पदार्थ वा सेनाको हार्डवेयर नजिक जान वा छुन निषेध गरेका छन् । साथै त्यस्तो सामग्री देखिएमा नजिकको प्रहरी चौकीमा जानकारी गराउन पनि भनिएको छ ।
यी सबै बाहेक, केन्द्र सरकारले सिक्किमलाई राज्य आपदा राहत कोषबाट ४४.८० करोड भारतीय रुपैयाँ अग्रिम रकम जारी गर्न अनुमोदन गरेको छ। साथै प्रदेशमा भएको क्षतिको विवरण लिन केन्द्रीय टोली समेत गठन गरिएको छ ।
एजेन्सीहरूले बाढीबाट भएको क्षतिको मूल्याङ्कन गर्न र सडक सञ्जाल पुनर्स्थापना गर्ने योजना बनाउन सर्वेक्षण पनि गरिरहेका छन्। सिंगताम र बुरदाङ बीचको सडक सञ्जाल पनि सुचारु भएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - विश्वभरका हिमनदी पग्लिएपछि ज्वालामुखी विस्फोटको डर बढ्दै गएको छ । यस सम्बन्धमा वैज्ञानिकहरुको अनुसन्धानले धेरै चकित पार्ने खुलासा गरेका छन्। ग्लेशियरहरू र ज्वालामुखी गतिविधिहरू बीचको...
काठमाडौं - रसुवागढी क्षेत्रमा सोमबार बिहान आएको भीषण बाढीले चीन–नेपाल सीमावर्ती क्षेत्रलाई अकल्पनीय क्षति पुर्याएको छ। गोसाइँकुण्ड गाउँपालिका २ स्थित लिङ्दे खोलामा चीनतर्फबाट आएको बाढीका कारण नेपाल–चीनको...
काठमाडौं - विज्ञानमा हरेक दिन नयाँ नयाँ खुलासा भइरहेका छन्, भर्खरै यस्तो खुलासा भएको छ कि जुन थाहा पाउँदा तपाई पनि छक्क पर्नु हुनेछ । एक...
काठमाडौं - भारतको अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान बिहीबार (जुन १२, २०२५) दिउँसो दुर्घटनामा परेको थियो। यस दुर्घटनामा मृत्यु हुनेको संख्यामा थप बृद्दी...
काठमाडौं - विशेष गरी यो गर्मिको मौसममा दिउँसोको चर्को घाममा अफिस वा बजारबाट फर्किंदा कडा टाउको दुख्ने, चक्कर लाग्ने र अन्योल महसुस हुन सक्छ ।...