काठमाडौं – शासन प्रणालीबाट जनता टाढा भएकाले समाजमा निराशा फैलिएको र जनतालाई बाँडेका सपना अनुसारको सेवा प्रवाह हुन नसक्दा राजनीति प्रति पनि वितृष्णा बढेको निष्कर्ष एक कार्यक्रममा निकालिएको छ ।
काठमाडौंमा शनिबार भएको देवीलाल चौलागाईंद्धारा लिखित ‘राजनीति, विकास र प्रशासन’ पुस्तक सार्वजनिकीकरणका सन्दर्भमा आयोजित संबाद कार्यक्रममा सहभागि वक्ताहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।
संवादमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले क्रान्तिले ठूलो सपना देखाए पनि त्यस अनुसार सेवा दिन नसकिँदा राजनीति बरालिएको जस्तो अवस्था देखिएको बताउनु भयो । उहाँले भन्नुभयो– ‘देश खत्तम हुन लागेको होइन । हाम्रा वाचा अनुसार विकासको गति भने पर्याप्त छैन ।’
सम्बादमा बोल्दै संघीय सांसद तथा नेपाली काँग्रेसका केन्द्र्रीय सदस्य कान्तिका सेजुवालले काठमाडौंमा सुनिने र कर्णाली जस्ता दुरदराजमा भोगिने जिवनको यथार्थ वीच निकै ठूलो खाडल भएको बताउनु भयो । संघीयता पछिको पहिलो स्थानीय निर्वाचनमा मेयर पदमा निर्वाचित सेजुवालले संविधानको मर्म अनुसार तल्लो तहलाई अधिकार दिन नसकिएको अनुभव सुनाउनु भयो ।
पत्रकार तुला अधिकारीले सहजीकरण गरेको संवाद कार्यक्रममा पूर्व सचिव डा. कृष्णहरी बासकोटाले शासन प्रणालीमा आम जनतालाई सहभागी गराउनु पर्ने भन्दै त्यसो हुन नसक्दा सरकारका राम्रै कामको पनि आलोचना हुने गरेको बताउनु भयो ।
अस्थिर राजनीति र कमजोर प्रशासनका कारण विकासको गति ढिलो भएको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. पुष्प कँडेलको भनाई थियो ।
कार्यक्रममा लेखक चौंलागाईंले आफुले कार्यक्षेत्रमा भोगेका र देखेका विषयमा कलम चलाउने प्रयास गरेको बताउनु भयो । सो अबसरमा संघीय सांसद दिपा शर्मा, नेपाल पत्रकार महासँघका अध्यक्ष विपुल पोखरेल, सामुदायिक रेडियो प्रसारक सँघ नेपालका अध्यक्ष अर्जुन गिरी, वरिष्ठ पत्रकार मनऋषि धिताल, नेपाल निजामति कर्मचारी संगठनका उपाध्यक्ष भवानी न्यौपाने लगायतको सहभागिता थियो ।
निजामती सेवामा सक्रिय चौंलागाईंको यो पहिलो पुस्तक हो । ६ खण्डमा समेटिएको पुस्तकमा झण्डै चार दर्जन सवालका आलेख संग्रहित छन् । कृष्णसार मल्टिमिडियाबाट प्रकाशन भएको पुस्तक नेपालका विभिन्न मिडियामा प्रकाशित सामग्रीमा आधारित छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
टोखा, काठमाडौं - टोखा नगरपालिकामा सामाजिक क्षेत्रमा सेवा गर्ने उद्देश्यका साथ स्थापित समृद्ध नारी मञ्चको दोस्रो साधारण सभा गरिएको छ । 'सबैका लागि समानता समृद्ध नारी मञ्चको प्रतिवद्धता' नाराका...
टोखा, काठमाडौं - टोखाको वडा नम्बर ६ ले सार्वजनिक सुनुवाई गरेको छ । वडाले सम्पादन गरेका विकास योजना र सेवा प्रवाहका बारेमा वडाबासीको गुनासो सम्बोधन गर्न...
काठमाडौं - यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ गतेसम्म मनसुन अवधि रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीका अनुसार...
काठमाडौं - टोखा नगरपालिका वडा नम्बर ६ ले आगामी आर्थिक वर्षका लागि योजना तय गर्न सुझाव संकलन गरिरहेको छ । यसैक्रममा शनिबार वडा कार्यालयमा नीतिगत सुझाव तथा...
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। पूर्वडीआइजी छविलाल जोशीसँगै लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सकिए पछि सर्वोच्चले रिहाईको...