भारतको उत्तर प्रदेश र त्यससँग जोडिएको राज्य बिहारमा पछिल्लो तीन दिनमा भीषण गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको स्थानीय अधिकारीले सोमबार बताएका छन् ।
गर्मीका कारण उत्तर प्रदेशमा ५४ जनाको मृत्यु भएको छ भने बिहारमा ४४ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार गर्मीका कारण बिरामी परी मृत्यु भएका अधिकांश व्यक्ति ६० वर्षभन्दा माथिका रहेका बताइएको छ ।
भारतीय मौसम विज्ञान विभाग ९आईएमडी० को तथ्याङ्कअनुसार शुक्रबार र शनिबार देशका केही भागमा अधिकतम तापक्रम ४२।२ डिग्री सेल्सियस पुगेको थियो । यो सामान्यभन्दा ४।७ डिग्री सेल्सियस बढी हो ।
उत्तर प्रदेशको सबैभन्दा बढी प्रभावित जिल्ला बलिया हो । बलियाका प्रमुख स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेका छन्, “सबै व्यक्ति केही न केही रोगबाट पीडित थिए र अत्यधिक गर्मीका कारण उनीहरूको अवस्था बिग्रिएको थियो । बिहीबार २३, शुक्रबार २० र शनिबार ११ जनाको मृत्यु भएको थियो ।”
यसबाहेक बलियाको एक जिल्ला अस्पतालमा पछिल्लो तीन दिनमा कम्तीमा चार सय जनालाई भर्ना गरिएको उहाँले बताउनुभयो । गर्मीका कारण ज्वरो आउने, सास फेर्न गाह्रो हुने र अन्य स्वास्थ्य समस्या देखिएको बिरामीले गुनासो गरेका थिए ।
जिल्ला प्रशासनका अनुसार बिरामी र कर्मचारीलाई गर्मीको जोखिम हुन नदिन सरकारी अस्पतालमा पङ्खा, एयरकुलर र एयर कन्डिसनरको व्यवस्था गरिएको छ । बिरामीको चापका कारण अस्पतालमा चिकित्सक र प्यारामेडिकल स्टाफको सङ्ख्या बढी रहेको छ । रासस
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - विश्वभरका हिमनदी पग्लिएपछि ज्वालामुखी विस्फोटको डर बढ्दै गएको छ । यस सम्बन्धमा वैज्ञानिकहरुको अनुसन्धानले धेरै चकित पार्ने खुलासा गरेका छन्। ग्लेशियरहरू र ज्वालामुखी गतिविधिहरू बीचको...
काठमाडौं - रसुवागढी क्षेत्रमा सोमबार बिहान आएको भीषण बाढीले चीन–नेपाल सीमावर्ती क्षेत्रलाई अकल्पनीय क्षति पुर्याएको छ। गोसाइँकुण्ड गाउँपालिका २ स्थित लिङ्दे खोलामा चीनतर्फबाट आएको बाढीका कारण नेपाल–चीनको...
काठमाडौं - विज्ञानमा हरेक दिन नयाँ नयाँ खुलासा भइरहेका छन्, भर्खरै यस्तो खुलासा भएको छ कि जुन थाहा पाउँदा तपाई पनि छक्क पर्नु हुनेछ । एक...
काठमाडौं - भारतको अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान बिहीबार (जुन १२, २०२५) दिउँसो दुर्घटनामा परेको थियो। यस दुर्घटनामा मृत्यु हुनेको संख्यामा थप बृद्दी...
काठमाडौं - विशेष गरी यो गर्मिको मौसममा दिउँसोको चर्को घाममा अफिस वा बजारबाट फर्किंदा कडा टाउको दुख्ने, चक्कर लाग्ने र अन्योल महसुस हुन सक्छ ।...