काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने भारतको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता हुनुभएको छ। प्रधानमन्त्री प्रचण्ड नेपाल एयरलाइन्सको विमानबाट शनिबार साँझ ६ बजे स्वदेश फिर्ता हुनुभएको हो।
प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना मगरसहितले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको छ। प्रधानमन्त्रीलाई स्वागत गर्न मन्त्रिपरिषद् सदस्य र सरकारका विशिष्ट कर्मचारीको उपस्थिति थियो।
प्रधानमन्त्री प्रचण्डको टोलीलाई भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीसहित भारतीय उच्च अधिकारीको टोलीले बिदाइ गरेको थियो। चार दिने भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले समकक्षी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक्लाएक्लै वार्ता गर्नुभएको थियो। त्यस्तै, सो क्रममा भारतका राष्ट्रपति, उपराष्ट्रपतिसहित त्यहाँका प्रतिनिधिमण्डलसँग भेटवार्ता गरी दुई देशको आपसी हितका विषयमा छलफल गर्नुभएको थियो।
जेठ १७ गते भारत भ्रमणमा जानुभएका प्रधानमन्त्री प्रचण्डले भारतसँग ऊर्जा व्यापार सम्झौता, अन्तर्देशीय प्रसारण लाइन निर्माण, पारवहन सन्धि नवीकरण तथा दुई देशबीचको आपसी सम्बन्धलाई थप सौहार्द बनाउने गरी छलफल भएको उहाँको सचिवालयले जनाएको छ।
भ्रमणमा नेपाल सरकारका मन्त्री, दलका नेता, मुख्यसचिव तथा उच्च अधिकारीसहितको टोली प्रधानमन्त्रीसँगै छिमेकी मुलुक भारत भ्रमणमा गएको थियो। भ्रमण फलदायी भएको सरकारले विश्वास जनाएको छ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
इलाम- इलामको सुकिलुम्वा विमानस्थलबाट काठमाडौं उडान पुनः सुरु हुने भएको छ । गत जेठ देखि ठप्प रहेको विमानस्थलबाट नेपाल एयरलाइन्सले आगामी असोज ४ गते देखि प्रत्येक...
काठमाडौ- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। जल तथा मौसम विज्ञान ...
काठमाडौं – शासन प्रणालीबाट जनता टाढा भएकाले समाजमा निराशा फैलिएको र जनतालाई बाँडेका सपना अनुसारको सेवा प्रवाह हुन नसक्दा राजनीति प्रति पनि वितृष्णा बढेको निष्कर्ष...
काठमाडौं- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको पूर्वी मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको...
काठमाडौं- सोमबार राति निधन हुनुभएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको बिहीबार (आज) अन्त्येष्टि गरिने भएको छ । नेम्वाङको सोमबार राति निधन भएको थियो । २ दिनसम्म पार्टी...