काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यक्ति बदलिएमात्रै कांग्रेस बदलिने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उहाँले कांग्रेस बदलिनका लागि कांग्रेसभित्रका व्यक्ति बदलिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
“कुशासन, बेतिथी र भ्रष्टाचार अन्त्य गरी भविश्य दिने पार्टीका रुपमा कांग्रेसलाई स्थापित गर्न सकेमात्र कांग्रेसप्रति जनतामा आकर्षण पैदा हुन्छ”, उहाँले भन्नुभयो । पार्टीभित्र विश्वास फर्काउन कांग्रेस बदलिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
महामन्त्री थापाले सङ्घ, प्रदेश र स्थानीय तहमा सबैभन्दा धेरै सिट जितेको कांग्रेसले जनतामा आशालाग्दो काम गरे आगामी निर्वाचनमा अझ धेरै सिट जित्ने दाबीसमेत गर्नुभयो ।
“कांग्रेसभित्रको गुठ भत्काउनुपर्छ, सदस्यता प्रणाली बदल्नुपर्छ, उम्मेदवार संसदीय समितिले होइन जनताले छान्ने व्यवस्था गर्नुपर्छ”, महामन्त्री थापाले भन्नुभयो । महामन्त्री थापाले टिकटका लागि पार्टी नेतृत्वतिर फर्कने अवस्थाको अन्त्य गरी जनतातिर जाने परिस्थिति पार्टीभित्र सिर्जना गर्नुपर्ने बताउनुभयो । कांग्रेस बदलिए देशको परिस्थिति बदलिने उहाँको भनाइ थियो ।
उहाँले श्रमजीवी पत्रकारको पक्षमा नेपाल प्रेस युनियन लाग्नुपर्ने बताउनुभयो । कांग्रेसले विधिको शासन, लोकतन्त्र र प्रेस स्वतन्त्रताको बेवास्था गरेमा खबरदारी गर्ने काम प्रेस युनियनको भएको उहाँको भनाइ थियो ।
कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नेपाल प्रेस युनियन सधैँ लाग्नुपर्ने बताउनुभयो । लोकतन्त्र कमजोर भए नेपाली प्रेस कमजोर हुने भएकाले लोकतन्त्रको रक्षाका लागि नेपाली प्रेस लाग्नुपर्ने उहाँको भनाइ थियो ।
कांग्रेस केन्द्रीय सदस्य मदन अमात्यले कांग्रेसविना जनताको अधिकार सुनिश्चित नहुने भएकाले कांग्रेसलाई बलियो बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । कांग्रेस ललितपुरका सभापति जीतेन्द्र श्रेष्ठले कांग्रेसभित्र शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकारको पेसागत सुरक्षाका लागि नेपाल पत्रकार महासङ्घ नेपाल प्रेस युनियनसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको स्पष्ट पार्नुभयो ।
नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले, रमेश तुफान, पूर्वउपाध्यक्ष दामोदरप्रसाद दवाडी, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, महासचिव दिलीप पौडेललगायतले नेपाल पत्रकार महासङ्घले सदस्यता शुद्धीकरणका लागि पत्रकारिता क्षेत्रमा क्रियाशील व्यक्तिलाई हटाउन खोजेको भन्दै त्यसविरुद्ध प्रेस युनियनले सङ्घर्ष गर्नुपर्ने बेला आएको भनाइ राख्नुभयो ।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले सरकारले सांसद विकास कोषमार्फत सांसदलाई पैसा दिने निर्णय गरे पनि पत्रकारको क्षमता अभिवृद्धिका लागि छुट्याएको रकम कटौती गरेको भन्दै उक्त निर्णय पुनर्विचार गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले विसं २०८० लाई नेपाल प्रेस युनियनले प्रशिक्षण वर्ष मनाउन लागेको उल्लेख गर्नुभयो ।
सोही अधिवेशनले आजै नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा नेपाल प्रेस युनियन काठमाडौँ, भक्तपुर र ललितपुरका प्रदेश प्रतिनिधिका साथै प्रतिष्ठानका प्रदेश प्रतिनिधिले आफ्नो मताधिकारको प्रयोग गर्न पाउनेछन् ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात् बैंकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय...
काठमाडौं - भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार र कर छलीमा संलग्न २१ जना मनी ट्रान्सफर सञ्चालक पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोले १७ अर्ब ८६ करोड...
काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै आफ्नो आम्दानीको केही अंश नेपालमा लगानीका लागि वैदेशिक रोजगारीमा रहेका...
काठमाडौं - बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि आज राष्ट्र बैंकले ३० अर्ब निकाल्दैँछ । बुधबार ३० अर्ब रुपैयाँ झिक्नका लागि राष्ट्र बैंकले...
काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी 'ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन' आयोजना गर्ने भएको छ । बैंकले प्रविधिमा रुची...