ताजा

  • बुधबार, ९ जेठ, २०८१
  • १३:४६:४०
  • नेपालीको अभिमत

कारोबार

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

नेपालमत

आइतबार, १४ जेठ, २०८०

काठमाडौं- नेपाल सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।

प्रतिनिधिसभाको शनिबार बसेको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

आजको बैठकमा प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ले नीति कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक जेठ १४ गते दिउँसो १ बजे बस्नेछ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved